back
CTIZAN AD

सबै स्थानीय तहमा आज सार्वजनिक बिदा

वि.सं.२०८१ फागुन १५ बिहीवार

975 

shares

तानसेन (पाल्पा) । मगर समुदायको बाहुल्यता रहेको जिल्लामा आज ४३ औँ राष्ट्रिय मगर एकता दिवस बिबिध कार्यक्रम आयोजना गरी मनाईँदैछ । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका सङ्घ–संस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेका हुन् ।

नेपाल मगर सङ्घको स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइने गरिन्छ । आदिवासी जनजाति समुदाय अन्तर्गत रहेका देशैभरका मगर समूह, सङ्घ संस्थाले यो दिवस मनाउँदै छन् । मगरहरूको साङ्गठनिक पर्वका रुपमा यो दिवसलाई लिने गरिन्छ । जिल्लाका विभिन्न स्थानमा आज भव्य सांस्कृतिक झाँकी प्रदर्शनसहितका सांस्कृतिक कार्यक्रम हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्दै छन् । आज जिल्लाको रामपुर माथागढी, तिनाउ, निस्दीलगायतका स्थानमा भव्य सांस्कृतिक कार्यक्रम हुँदै छन् । यहाँका १० वटै स्थानीय तहले आज सार्वजनिक बिदा समेत दिएका छन् ।

जिल्लामा ५४ प्रतिशतभन्दा धेरै मगरको बसोबास रहेको छ । विसं २०३९ फागुन १५ गते नेपाल लाङ्घली परिवार सङ्घको प्रथम अधिवेशन सम्पन्न भएको सम्झनामा मगर समुदायले मगर दिवसको रुपमा मनाउन सुरु गरेका हुन् । मगर स्थापना दिवसको अवसरमा सबै जिल्लाको जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका मगरसँग आबद्ध सङ्घ संस्थाले मगर स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घले जनाएको छ । पाल्पामा मगरी कला, संस्कृति निकै लोकप्रिय रहेका छन् । यहाँको मगरी कलासंस्कृति झार्मे, सालेजो, कौडा, मारुनी, ठूलो नाच, झ्याउरे संस्कृतिमा मगरसहित सबै समुदाय रमाउने गरेका छन् । पाल्पाका सबै स्थानीयतहदेखि वडा–वडा टोल टोलमा समेत मगर एकता दिवस भव्यताका साथ मनाउन लागि नेपाल मगर सङ्घ पाल्पाकी अध्यक्ष शान्ति झेडी थापाले जानकारी दिए ।

नेपाल मगर सङ्घ केन्द्रीय समितिको मातहतमा अहिले सातवटै प्रदेशमा प्रदेश समिति, ७७ जिल्लामध्ये ६८ जिल्लामा जिल्ला समिति, सात सय ५३ स्थानीय तहमध्ये पाँच सय ३० गाउँपालिका÷नगरपालिकामा स्थानीय तहमा समिति गठन भइसकेको छ । अहिले नेपाल मगर सङ्घमा विभिन्न क्षेत्रगत, पेसागत र थरगत संस्था आबद्ध भई क्रियाशील भइरहेका छन् । सङ्घले मगरलाई गोलबन्द गर्नका लागि जहाँ मगर त्यहाँ मगर सङ्घ, जहाँ मगर सङ्घ त्यहाँ मगरात स्वायत्तता भन्ने साङ्गठनिक नारा बनाएर साङ्गठनिक अभियान बनाएर अगाडि बढाएको छ ।

 

वि.सं.२०८१ फागुन १५ बिहीवार ११:२० मा प्रकाशित

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

काठमाडौँ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा...

भोटेकोशी बाढीबाट वेपत्ता भएका १५८ जनाको शव नवलपुरमा भेटियो 

भोटेकोशी बाढीबाट वेपत्ता भएका १५८ जनाको शव नवलपुरमा भेटियो 

नवलपुर (नवलपरासी) । यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा...

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...