back
CTIZAN AD

‘निजी क्षेत्रलाई लगानी गर्ने वातावरण सहज बनाउँछौँ’

वि.सं.२०८१ फागुन १९ सोमवार

525 

shares

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रलाई लगानी गर्ने सहज वातावरण बनाउन लागिपरेको बताएका छन् ।

दाङको तुलसीपुरस्थित राप्ती लाइफ केयर अस्पतालको १८औँ वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्रलाई लगानीमा उत्साहित हुने वातावरण तयार गर्ने बताए । उनले भने, “तपाईंहरु लगानी गर्न उत्साहित भएर लाग्नुस्, लगानीको वातावरण सरकारले निर्माण गर्छ ।”

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख टीकाराम खड्काले शिक्षा, स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रले खेलेको भूमिका उल्लेख्य रहेको बताए । निजी क्षेत्रको लगानीले पनि राज्यलाई सहयोग पु¥याएको उनको भनाइ थियो ।

रु २७ करोड लगानी गरेर सञ्चालनमा आएको एक सय शय्याको अस्पतालले वार्षिक १७ करोेड ७३ लाख वार्षिक कारोबार गर्दै आएको जनाएको छ । अस्पतालले प्रमाणपत्र तहमा नर्सिङ र सामान्य चिकित्साको कक्षा सञ्चालन गरिरहेको छ, भने आगामी वर्षमा ल्याब र फार्मेसीका कार्यक्रम सञ्चालन गर्ने गरी अनुमति ल्याइसकेको अस्पतालका अध्यक्ष हरि रिजालले बताए ।

अस्पतालले जनरल मेडिसिन, हाडजोर्नी तथा नसा, प्रसूति तथा स्त्रीरोग, जनरल सर्जरी, नवजात तथा बालरोग, नाक, कान, घाँटी रोग, मानसिक तथा नशा रोग, रेडियोलोजिस्ट, एनेसथेसिया तथा कृटिकल केयर न्यूरो, फेजिसियनलगायतका विशेषज्ञ सेवा प्रदान गरेको छ ।

अस्पतालले १० प्रतिशत श्यया निःशुल्क उपलब्ध गराउँदै आएको छ । त्यस्तै नर्सिङ र सामान्य चिकित्सा अध्ययनरत १० प्रतिशत विद्यार्थीलाई निःशुल्क अध्यापन पनि गराउँदै आएको जनाएको छ । अस्पतालमा दुईसय नौ जनाले रोजगारी पाएका छन् ।

 

वि.सं.२०८१ फागुन १९ सोमवार १३:४१ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...