back
CTIZAN AD

गोरखामा भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण

वि.सं.२०८१ चैत ४ सोमवार

1.1K 

shares

गोरखा । भीमसेन थापा गाउँपालिका-६ अश्राङको वडा कार्यालय भवन पुनर्निर्माण भएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्ण रूपमा क्षति पुर्याएको वडा कार्यालय भवन पुनर्निर्माण भएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिए ।

गाउँपालिकाद्वारा विनियोजित रु ८८ लाख ६२ हजारको लागतमा भवन पुनर्निर्माण गरिएको उनले बताए । “नवनिर्मित भवनमा छवटा कोठा र दुईवटा शौचालय रहेको छ”, उनले भने, “अबदेखि नागरिकलाई सेवा प्रवाहमा थप सहज हुने भएको छ ।”

आफ्नै भवन नहुँदा यसअघि स्थानीय महिला समूहको भवनबाट वडाले सेवा दिँदै आएको थियो । वडाको भवन निर्माणका लागि विसं २०७९ जेठमा गाउँपालिकाले शिव इन्जिनियरिङ प्रालिसँग ठेक्का सम्झौता गरेको थियो ।

“दोस्रोपटक म्याद थप गरेर विसं २०८१ असोजभित्र काम गर्नुपर्ने थियो, बल्ल भवन निर्माण भयो, नवनिर्मित भवनबाट सेवाप्रवाह पनि सुरु गरिएको छ”, उनले भने । महिला समूहको भवनमा बर्खाका बेला पानी चुहिने समस्याले कागजपत्र जोगाउन वडालाई समस्या हुँदै आएको थियो ।

“साँघुरो भवनको एउटै कोठाबाट कृषि, पशु, तथा प्राविधिक एवं पञ्जीकरणलगायत सेवा दिन निकै कठिन हुँदै आएको थियो”, वडाध्यक्ष रिमालले भने, “अबदेखि ती सबै समस्याबाट मुक्त भएका छौँ ।” भवन निर्माण भए पनि वडालाई सभाहलको अझै अभाव छ ।

उनले भने, “सभाहल निर्माणका लागि पनि आवश्यक पहल गरिसकेका छौँ, जिल्ला समन्वय समितिमार्फत सिफारिस भइसकेको छभने भवनको माथिल्लो तलामा दुई कोठासहित एक सभाहल बनाउने लगभग निश्चित भइसकेको छ ।” रासस/फाइल फोटो

वि.सं.२०८१ चैत ४ सोमवार ०८:२५ मा प्रकाशित

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...

वनफूलले सिँगारिएको ढोरपाटन

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...