यहि आउदो jun महिनाको २,३ र ४ तारीखमा जापानको मिए केनको Suzuka international circuit मा नेपाली खेलाडी विक्रम थापाले भाग लिँदैछन् । 2017 Asia road racing championship round 3 को खेल मलेशिया र थाइल्याण मा हुने Suzki Asia challenge नामक मोटर साइकिल रेस सम्बन्धि उक्त प्रतियोगितामा भाग लिन विक्रम त्यसतर्फ प्रस्थान गरेका छन् ।
२ र ३ तारीख मा हुने उक्त खेलमा एसियाका २० राष्ट्बाट आएका खेलाडीहरू बिच हुने पहिलो र दोस्रो चरणको छनोट प्रतियोगीता हुनेछ । यो चरणमा सफल हुन सके मात्र ४ तारीखमा हुने तेस्रो राउण्डको खेल खेल्न पाउनेछन । एशियन २० राष्ट्रबाट आएका अन्तराष्ट्रीय रेसरहरूसँग भिडन उनले आफ्नो सबै तयारीहरू पुरा गरीसकेको हुँदा उनले सफलता प्राप्त गर्न सक्ने अपेक्षा व्यक्त गरेका छन् पिता कपिलदेव थापा । गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यसमेत रहेका थापा छोराले प्रतियोगितामा जित हासिल गरेर देशको नाम संसारभर फैलाउने अपेक्षा व्यक्त गर्दछन्।
यो खेल संन्सारमै जोखिमपुर्ण र अति महगो खेलमा पर्दछ । नेपालमा यो खेलको लागी कुनैपनि पुर्वाधारहरुको बिकास नभएको अवस्थामा पनि बिगत ३ बर्ष देखि १ खेलाडी बिक्रम थापाले आफ्नै मिहेनत र सडंघर्षले यो खेलमा प्रतिस्प्रदा गरिरहेका छन । उनि अहिले सम्मको इतिहासमा नेपाली झण्डा फहराउदै संन्सारभरि नेपाललाइ चिनाउने नेपालको पहिलो एशिएन स्थरको मोटर साइकिल रेसर हुन ।
जापानवासी मित्रहरूले सधैझै उनको खेललार्इ हौसला प्रधान गर्नुहुनेछ भन्ने बिश्वासका साथ बिक्रम त्यसतर्फ प्रस्थान गरेका छन् ।
यो खेल हेर्न टोकियो र अरू धेरै ठाउबाट नेपालीहरू जानुहुने भएको छ ।
सम्पर्कका लागी
१) बिक्रम थापा
09080806004
२) भिष्म बिक्रम थापा
08033219740
वि.सं.२०७४ जेठ १८ बिहीवार ०४:०४ मा प्रकाशित























