back
CTIZAN AD

मुक्तिनाथमा रामनवमीदेखि बडादसैँसम्म महायज्ञ

वि.सं.२०८१ चैत २२ शुक्रवार

945 

shares

मुस्ताङ । हिन्दू तथा बौद्धमार्गीहरुको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथधाममा छ महिनासम्म मुक्तिनाथ महायज्ञ हुने भएको छ । मुक्तिनाथ मन्दिरका पिठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यको अगुवाइमा यही चैत २४ गते रामनवमी तिथिदेखि बडादसैँसम्म मुक्तिनाथ महायज्ञ सञ्चालन गर्ने तयारी अघि बढेको हो ।

मुक्तिनाथधामको प्रचारप्रसार तथा यस क्षेत्रमा पाइने विष्णु भगवानको अवतार शिला शालिग्रामको सरक्षणका साथै विश्वशान्तिको कामना गर्दै राष्ट्रको समुन्नतिका लागि मुक्तिनाथ महायज्ञ चलाउने तयारी भएको हो । यसका लागि स्वामी कमलनयनाचार्यको नेतृत्वमा श्रीगजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणी नवलपरासीबाट प्रस्थान गरेको श्रीगजेन्द्रमोक्षनारायण–मुक्तिनाथ रथयात्रा टोली चौथो दिन मुस्ताङको जोमसोमस्थित गणेश मन्दिरमा आइपुगेको छ ।

रथयात्रा टोलीमा स्वामी कमलनयनाचार्यसहित दर्जनौँ स्वामी पूजारी तथा दुई सयभन्दा बढी भक्तजनको सहभागिता रहेको छ । श्रीगजेन्दमो क्षनारायण–मुक्तिनाथ रथयात्रा टोली आज जोमसोमबाट कागबेनीधाम हुँदै मुक्तिनाथ पुगेर समापन हुने बताइएको छ । नवलपुरबाट जोमसोम आइपुगेको रथयात्रा टोलीलाई मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित पर्यटन व्यवसायी तथा स्थानीय नागरिक, सुरक्षाकर्मी र कर्मचारीलगायतले स्वागतसत्कार गरेका थिए ।

मुस्ताङको जोमसोममा राष्ट्रिय लोक भजन चुड्का (संस्कृति) प्रतिष्ठान शाखा मुस्ताङले रथयात्रा टोलीलाई भजनचुड्काद्वारा स्वागत गरेको थियो । प्रतिष्ठानद्वारा आयोजित स्वागत कार्यक्रममा मुक्तिनाथ मन्दिरका पीठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यले गण्डकीको सभ्यतालाई जोगाउन रथयात्रा तथा महायज्ञ चलाउने तयारी गरिएको बताए ।

उनले यसप्रकारको रथयात्रा बर्सेनि रहने र यसले हजारौँ पर्यटन मुक्तिनाथ आउने वातावरण तयार हुने बताए । मुक्तिनाथ क्षेत्र तपस्वीहरुले तपस्या गरेको स्थान भएको र यसक्षेत्रमा पाइने शालिग्राम शिलाको संरक्षण गर्नुपर्ने दायित्व सबैको भएको स्वामी कमलनयनाचार्यले बताए ।

“हामी जिन्दावाद र मुर्दावादको नारामा अल्झिने छोडेर सबैले आफ्ना आफ्ना सकारात्मक कर्म गरेर अघि बढ्नुपर्ने बेला आएको छ”, स्वामी कमलनयनाचार्यले भने, “यो रथयात्रा र महायज्ञले विश्वशान्तिको कामना र समुन्नत नेपालको परिकल्पना गरिनेछ ।”

मुक्तिनाथका साथै सिङ्गो नेपालका लागि धार्मिक सद्भाव र पर्यटन विकासका लागि महायज्ञ ६ महिनासम्म मुक्तिक्षेत्रमा निरन्तर चल्ने स्वामी कमलनयनाचार्यले जानकारी दिए ।

श्रीगजेन्द्रमोक्षनारायण–मुक्तिनाथ रथयात्रापछि चैत २४ गतेदेखि बडादसँैसम्म महायज्ञ हुनेछ । महायज्ञमा भगवान श्रीरामको आराधना गर्दै विश्वशान्ति र राष्ट्र समुन्नतिका लागि महासङ्कल्प हुनेछ । वेद, पुराण, रामायण, गीतालगायतका शास्त्रहरुको पाठ परायण गरेर महायज्ञ सञ्चालन हुने कागबेनीधामका पूजारी प्रताप आचार्यले जानकारी दिए । महयज्ञ अवधिभर विभिन्न पाठपरायण, हवन, रामायण पाठ, बेद पाठ र उपनिसद पाठ परायणलगायत अखण्ड हरिनारायण कीर्तन हुनेछ । रासस/फाइल फोटो

 

वि.सं.२०८१ चैत २२ शुक्रवार १४:२० मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...