back

ऐतिहासिक युद्ध लडेको सूर्यगढीमा राष्ट्रिय झन्डा झन्डोत्तोलन

वि.सं.२०७४ जेठ १९ शुक्रवार

1.2K 

shares

१९ जेठ, नुवाकोट । तिब्बती सेनासँग ऐतिहासिक युद्ध लडेको नुवाकोटको सूर्यगढीको संरक्षणका लागि गढीमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरिएको छ । विसं १८४५ देखि चार वर्षसम्म गोर्खाली (नेपाली सेना) ले युद्ध लडेर साहसिक सफलता पाएको सूर्यगढीको संरक्षण र प्रवद्र्धनका लागि विहिबार दश फिट लामो राष्ट्रिय झन्डा झन्डोत्तोलन गरिएको हो ।

सूर्यगढी पर्यटन विकास समितिको आयोजनामा सूर्यगढी गाउँपालिका–३ मा अवस्थित सूर्यगढीमा झन्डोत्तोलन गर्दै नुवाकोटका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले नेपालीको योगदान र प्राप्त सफलतालाई जीवन्त राख्न सूर्यगढी लगायतका युद्धस्थलको संरक्षण आवश्यक रहेको बताउनुभयो ।

“नेपाली वीर गोर्खाली हौँ भन्ने बलियो प्रमाण नै हाम्रो अमूल्य सम्पत्ति हो”, स्थानीय विकास अधिकारी पण्डितले भन्नुभयो, “गढीको संरक्षणले सन्ततिमा आत्मविश्वासको वृद्धि र विदेशीसामु शिर उँचो बनाउने आधार मिल्नेछ ।”

कार्यक्रममा सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले गढी संरक्षणका लागि स्थानीय क्षेत्रबाट पदमार्गको निर्माण, पुराना संरचनाको संरक्षण गरी केन्द्रीयस्तरबाट सहयोग जुटाउन पहल गर्ने बताउनुभयो । सूर्यगढी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिवबहादुर भण्डारीले इतिहाससमेत अस्पष्ट रहेकाले गढी संरक्षण गरी त्यस समयमा भएका क्रियाकलापलाई लिपिबद्ध गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।

विसं १८४५ देखि १८४९ सम्म तिब्बती सेनासँग गोर्खाली योद्धाले वीरतापूर्वक युद्धमा लडी नेपालीको जित भएकाले नेपालीको सीमा रसुवागढीसम्म कायम गराउन सफल भएको सन्देशलाई जीवन्त राख्न पहिलो चरणमा झन्डोत्तोलन गरेको सूर्यगढी पर्यटन विकास समितिका अध्यक्ष राजन लामिछानेले बताउनुभयो ।

नुवाकोट र रसुवाको आधा भूमिको सहजरुपमा अवलोकन गर्न सकिने पहाडी चट्टानको बीचमा पर्ने सूर्यगढीमा तत्कालीन समयमा बहादुर शाह र दामोदर पाण्डेको नेतृत्वमा भएको युद्धले तिब्बती सेनालाई पराजित गर्न सफल भएसँगै वेत्रावती सन्धि भएको थियो । वेत्रावती सन्धिले नेपाली पक्षको जित र नेपालले दाबी गरेअनुसार रसुवागढीसम्मको भूमि उपभोग गर्न पाएको इतिहास छ ।

वि.सं.२०७४ जेठ १९ शुक्रवार ०२:५९ मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित...

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य...

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र...

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा । यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज...