back
CTIZAN AD

तपाईंसँग प्रयोगविहीन ह्विलचियर छ ?

वि.सं.२०८२ वैशाख २६ शुक्रवार

453 

shares

चितवन । के तपाईंको घरमा ह्वीलचियर थन्किएर बसेको छ ? यदि छ भने ह्विलचियर किन्न नसकेर समस्यामा रहेकाहरूलाई त्यो ठूलो राहत हुनसक्छ । तपाईंले थन्किएको ह्विलचियर दिएमा कुनै विपन्न अपाङ्गता भएका व्यक्तिको दैनिकी सहज बन्नसक्छ ।

हाल थन्किएका ह्विलचियर जुटाएर दैनिकी सहज बनाउने उद्देश्यसहित ‘फ्रि ह्विलचियर डोनेट एण्ड रिपियर सोसाइटी नेपाल’ नामक अभियान लागेको छ । अभियानका अवधारणाकर्ता आनन्द राउत घर तथा कार्यालयमा प्रयोगविहीन ह्विलचियर सङ्कलन गरेर आवश्यक पर्दा मर्मतसमेत गरी विपन्नसम्म पु¥याउने अभियानमा लागिरहेका छन् ।

विदेश जाने रकम घटाउन र विपन्नलाई सहयोग गर्ने दुई वटा उद्देश्यका साथ अभियान थालिएको भन्दै उनले यसमा सहयोग गर्न सबैलाई आग्रह गरे । “यहाँ विदेशबाट ह्विलचियर आयात गरिन्छ । त्यसका लागि बर्सेनि करोडौँ रकम बाहिरिन्छ । त्यसैले यहाँ बिग्रिएर बसेका, कबाडीका रूपमा रहेका ह्विलचियरलाई आवश्यक मर्मत गरी पुनःप्रयोग गर्ने अभियानमा लागेका छौँ । यसले विदेशिने करोडौँ रुपैयाँ बचत हुनुका साथै विपन्नलाई निकै सहयोग पुग्नसक्छ”, राउतले भने ।

सन् २०२५ को सुरुआतसँगै सुरु भएको अभियानमार्फत हालसम्म छ जनालाई निःशुल्क ह्विलचियर वितरण गरिएको छ । अभियानी राउतले पहिलो ह्विलचियर पाउने व्यक्ति र परिवारको अनुहारमा देखिएको खुसीबाट प्राप्त आत्मसन्तुष्टिले अभियानमा लाग्न प्रेरित गरिरहेको बताए । उनले भने, “हामीले कतै बिग्रिएर बसेका ह्विलचियरलाई खरिद गरेर वा सहयोगमा लियर आवश्यकताअनुसार मर्मत गरेर वितरण गर्ने गरेका छौँ । मर्मतका लागि नारायणी बहुप्राविधिक शिक्षालयमा रहेको इन्फिनिटी प्रयोगशालासँग समन्वय गरेर काम भइरहेको छ ।”

हाल आर्थिक रूपमा विपन्न परिवारका अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर सहयोग गर्ने उद्देश्यले अभियान काम सुरु भए पनि आगामी दिनमा वैशाखी, वाकर र नक्कली खुट्टासमेत वितरण गर्ने योजना रहेको जनाइएको छ ।

 

वि.सं.२०८२ वैशाख २६ शुक्रवार १३:३९ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...