back
CTIZAN AD

गाजाका मध्यस्थकर्तासँग हमास नेतृत्वको भेट, प्रगति हुन सकेन

वि.सं.२०८२ वैशाख २६ शुक्रवार

744 

shares

कायरो, इजिप्ट । हमासको एक प्रतिनिधिमण्डलले यसै साता दोहामा इजिप्ट र कतारी मध्यस्थकर्तासँग दुई पटक बैठक गरे पनि गाजामा युद्धविरामको बिषयमा कुनै प्रगति नभएको समूहनिकट स्रोतले शुक्रबार जनाएको छ ।

“इजिप्टका अधिकारीहरूले बुधबार र बिहीबार दोहामा प्रमुख मध्यस्थकर्ता खलिल अल–हया र कतारी अधिकारीहरूको नेतृत्वमा हमासको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग दुईपटक भेटवार्ता गरेका थिए,’ एक स्रोतले एएफपीसँग भनेको छ ।

दोस्रो स्रोतले वार्ता ‘गम्भीर’ भएको तर ठोस प्रगति नभएको बताएको छ ।

दुई महिना लामो युद्धविरामको अन्त्य गर्दै इजरायली सेनाले मार्च १८ मा गाजा पट्टीमा आफ्नो आक्रमण पुनः सुरु गरेको थियो । युद्धविरामका क्रममा युद्धग्रस्त क्षेत्रमा सहायतामा वृद्धि भएको थियो र प्यालेस्टिनी कैदीहरूको बदलामा दर्जनौँ इजरायली बन्धकहरूको रिहाई भएको थियो।

इजरायलले सोमबार आफ्नो सैन्य अभियान विस्तार गर्ने योजनाको घोषणा गरेपछि अन्तर्राष्ट्रिय आलोचना भएको थियो ।

इजरायली सेनाले सुरक्षा क्याबिनेटले आइतबार स्वीकृत गरेको विस्तारित कारबाहीमा गाजाको अधिकांश जनसङ्ख्यालाई विस्थापित गर्ने बताएको छ ।

इजरायली सुरक्षा स्रोतका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मे १३ देखि १६ सम्म हुने यस क्षेत्रको भ्रमणसँग मेल खाने गरी बन्धक मुक्त गर्ने सम्झौताका लागि अझै ‘अवसरको ढोका’ बाँकी छ ।

हमासनिकट एक स्रोतले शुक्रबार एएफपीलाई भने, “हामी त्यतिबेलासम्म सम्झौता हुने अपेक्षा गर्दैनौं।”

प्यालेस्टिनी कैदीहरूको बदलामा बन्धकहरूसँग ४५ दिनको युद्धविराम र इजरायलले मार्च २ मा गाजामा लगाएको विनाशकारी सहायता नाकावन्दीलाई खुकुलो पार्ने इजरायली प्रस्तावलाई हमासले अस्वीकार गरेपछि यो टिप्पणी आएको हो।

हमासका वरिष्ठ अधिकारी बासेम नईमले बुधबार एएफपीसँग कुरा गर्दै समूहले युद्ध अन्त्यका लागि ‘विस्तृत सम्झौता’ मा जोड दिएको बताए ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको युद्धका क्रममा गाजाका २४ लाख मानिस कुनै न कुनै अवस्थामा लगभग एक पटक विस्थापित भएका छन् ।

यस आक्रमणमा इजरायली पक्षका एक हजार २१८ जनाको मृत्यु भएको एएफपीले आधिकारिक तथ्याङ्कमा उल्लेख गरेको छ ।

इजरायलको जवाफी कारबाहीमा गाजामा कम्तीमा ५२ हजार ७६० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले विश्वासिलो मानेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।(रासस/एएफपी)

 

वि.सं.२०८२ वैशाख २६ शुक्रवार १६:५२ मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...