back
CTIZAN AD

जापानमा वास्तविक ज्याला दर मार्चमा २.१ प्रतिशतले घट्यो

वि.सं.२०८२ वैशाख २६ शुक्रवार

708 

shares

टोकियो । जापानको वास्तविक ज्याला दर एक वर्षअघिको तुलनामा २.१ प्रतिशतले घटेको छ । यो गिरावट लगातार तीन महिनासम्म देखिएको हो ।

“उपभोक्ता क्रय शक्तिको ब्यारोमिटर अर्थात् मुद्रास्फीति–समायोजित वास्तविक ज्यालाको गिरावट फेब्रुअरीमा संशोधित १.५ प्रतिशत र जनवरीमा २.८ प्रतिशत गिरावट पछि भएको हो,” स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार ताजा खाद्य मूल्यहरू समावेश रहेको तर भाडाको लागत समावेश नभएको उपभोक्ता मूल्य मार्चमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा ४.२ प्रतिशतले वृद्धि भएको छ । बढ्दो खाद्य लागतको कारण प्रेरित यो वृद्धि फेब्रुअरीमा ४.३ प्रतिशत वृद्धिबाट सुस्ताएको हो ।

जम्मा औसत ज्याला र अतिरिक्त वेतनसहित प्रति कामदार कुल औसत मासिक नगद आय २.१ प्रतिशतले बढेर ३० लाख आठ हजार ५७२ येन (करिब दुई हजार १०० अमेरिकी डलर) पुगेको छ, यो वृद्धि लगातार ३९ औं महिनाको लागि हो।

नियमित तलब अर्थात् आधार तलब मार्चमा १.३ प्रतिशतले बढेको छ भने कर्पोरेट गतिविधिको ब्यारोमिटर अतिरिक्त ज्यालाको भूक्तानी १.१ प्रतिशतले घटेको छ। (रासस/एएफपी)

वि.सं.२०८२ वैशाख २६ शुक्रवार १७:०५ मा प्रकाशित

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जाजरकोट । जिल्ला जाजरकोट नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...