back
CTIZAN AD

बागमती प्रदेशसभाः नीति तथा कार्यक्रम सार्वजनिक

वि.सं.२०८२ जेठ १५ बिहीवार

384 

shares

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको आज बसेको बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । उनले बागमती प्रदेश सरकारको नीति कार्यक्रम सार्वजनिक गर्दै ‘एकीकृत बस्ती, समृद्ध सहरको नीति’अन्तर्गत दिगो आर्थिक समृद्धिका लागि भौतिक पूर्वाधार निर्माण गर्ने, सार्वजनिक तथा निजी लागानीलाई प्रवद्र्धन गर्ने र एकीकृत बस्ती विकासलाई गुरुयोजना तर्जुमा गरी प्रदेशभित्र कार्यन्वयन गर्दै लैजाने बताए ।

प्रदेश प्रमुख देवकोटाले ‘किसानको हात सरकारको साथ’ भन्ने अभियानलाई साना, अर्धव्यवसायी, निर्वाहमुखी, विपन्न, सिमान्तकृत सेवाबाट बञ्चित भएका किसानको जीविकोपार्जन र सुधारसँग जोड्ने कार्यक्रम सञ्चालन गर्नेतर्फ नीति कार्यक्रमले जोड दिएको जानकारी दिए ।

प्रदेश प्रमुख देवकोटाले रासायनिक मल, औषधि, विषादी, फलफूल र बीउबिजन तथा मासु, दूध र दानालगायत वस्तुमा गुणस्तरीय मापदण्डलाई सुनिश्चित गर्न प्रभावकारी नियमन गरिने उल्लेख गरे । साथै दुर्गम क्षेत्रका विशेषज्ञ चिकित्सकको उपलब्धता सुनिश्चित गर्न विशेष प्रोत्साहन योजना कार्यन्वयनमा ल्याइनेछ ।

त्यसैगरी प्रदेशभित्र रहेका आयुर्वेद औषधि उत्पादन केन्द्रबाट २१ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरी वितरण गरिने सरकारको लक्ष्य रहेको प्रदेश प्रमुख देवकोटाले जानकारी दिए । प्रदेशभित्र आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालयबाट विशेषज्ञ आयुर्वेदिक सेवा विस्तार गर्ने र स्वास्थ्य पर्यटनलाई प्रवद्र्धन गरिनेछ ।

जनस्वास्थ्य विपद् पूर्वतयारी तथा प्राकृतिक विपद् न्यूनीकरण कार्यलाई सुदृढीकरण गर्दै लैजाने लक्ष्यका साथ जिल्लाजिल्लामा आवश्यकताअनुरुप स्वास्थ्य शिविर सञ्चालन गर्ने दृढता सरकारले व्यक्त गरेको छ । नीति तथा कार्यक्रममा लोपोन्मुख र अतिसीमान्तकृत समुदायका बालबालिकाको पहुँच र गुणस्तरीय शिक्षाको सुनिश्चिताका लागि सामुदायिक विद्यालयमा आवासीय कार्यक्रमलाई निरन्तरता दिँदै लैजाने उल्लेख छ ।

खेलकुदको पूर्वाधार विकासलाई र प्रशिक्षणको व्यवस्था गरी व्यवसायिक, प्रतिभावान्, व्यवसायिक तथा अन्तरराष्ट्रिय पद हासिल गरेका खेलाडीलाई खेल क्षेत्रमा प्रोत्साहन गर्ने नीति लिइएको प्रदेश प्रमुख देवकोटाले बताए । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालालाई सरकारको सहलगानीमा निर्माण गरी प्रतिफल बाँडफाँडको व्यवस्था गरिनेछ भनी औँल्याइएको छ ।

मकवानपुरको हेटौँडाको गौरीटारमा निर्माणधीन अन्तरराष्ट्रिय खेलकुद र प्रदेशमा निर्माणधीन अन्य खेलकुद पूर्वाधारका कार्यलाई निरन्तरता दिइनेछ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमलाई स्थानीय तहसम्मको सहकार्यमा समुदाय स्तरसम्म विस्तार गरिनेछ र ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि’ अभियानलाई निरन्तरता दिइने जनाएको छ ।

ज्यान जोखिममा रहेका गर्भवती र सुत्केरी आमाको निःशुल्क हवाई उद्धार कार्यक्रमलाई निरन्तरता दिइनेछ । प्रदेशस्थित सिन्धुली, मकवानपुर र चितवन जिल्लामा पर्ने मदन भण्डारी राजमार्ग र पूर्वपश्चिम राजमार्ग क्षेत्रलाई औद्योगिक तथा बजार क्षेत्रका रूपमा विकास तथा प्रवद्र्धन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले प्रदेश प्रमुख देवकोटालाई सरकारको नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्ने कार्यक्रमको प्रति हस्तान्तरण गरे । सरकारद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम ११६ बुँदामा विभिन्न शिर्षक समावेश गरी सार्वजनिक गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताए ।

वि.सं.२०८२ जेठ १५ बिहीवार १५:५२ मा प्रकाशित

मौसममा बदली, वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै

मौसममा बदली, वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै

काठमाडौँ । विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन...

काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले...

तीन करोडको सुनसहित वीरेन्द्रनगरबाट पक्राउ परे व्यापारी अग्रवाल

तीन करोडको सुनसहित वीरेन्द्रनगरबाट पक्राउ परे व्यापारी अग्रवाल

कर्णाली । सुर्खेत प्रहरीले रु तीन करोड बराबरको सुनसहित व्यापारी...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...