back
CTIZAN AD

ट्राफिक सचेतना बढाउन ‘सडक सुरक्षा सप्ताह’

वि.सं.२०८२ जेठ १६ शुक्रवार

522 

shares

महोत्तरी । बढ्दो सवारीसाधन दुर्घटना घटाउन ट्रफिक प्रहरीले सचेतनामूलक कार्यक्रम ‘सडक सुरक्षा सप्ताह’ मनाउने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

जिल्ला ट्रफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले यही जेठ २२ गतेदेखि सातदिने साताव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन हुने बताउनुभयो । पहिलो दिन जेठ २२ गते बिहीबार जिल्लाका जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, नागरिक समाजका प्रतिनिधि, यातायात व्यवसायी, चालक र यातायात मजदुरसहितको सहभागितामा प्रभातफेरी गरिने छ ।

यसैगरी २३ गते जलेश्वरमा सवारी दुर्घटना उद्धार अभ्यास, २४ गते सवारीसाधनको परीक्षण, २५ गते बर्दिबासमा रक्तदान, २६ गते सार्वजनिक सवारी चालकहरूको स्वास्थ्य परीक्षण र छैटौँ दिन जेठ २७ गते मोटरसाइकल चालकलाई लक्षित गरी हेल्मेट प्रयोगसम्बन्धी प्रशिक्षण कार्यक्रम, भारतीय सीमावर्ती सम्सी नाका नजिकको हुलाकी सडकको सम्सीचोकमा ट्राफिक सचेतनासम्बन्धी सडक नाटक प्रदर्शन गरिनेछ । सप्ताहको अन्तिम दिन जेठ २८ गते सञ्चारकर्मी तथा यातायात व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजनासँगै सप्ताहव्यापी कार्यक्रम समापन हुने प्रहरी निरीक्षक जोशीले बताए ।

वि.सं.२०८२ जेठ १६ शुक्रवार १६:४३ मा प्रकाशित

सहज बन्दै बुटवल–नारायणगढ सडक यात्रा

सहज बन्दै बुटवल–नारायणगढ सडक यात्रा

सिद्धार्थनगर (भैरहवा) । वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको...

मौसममा बदली, वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै

मौसममा बदली, वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै

काठमाडौँ । विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन...

काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले...

तीन करोडको सुनसहित वीरेन्द्रनगरबाट पक्राउ परे व्यापारी अग्रवाल

तीन करोडको सुनसहित वीरेन्द्रनगरबाट पक्राउ परे व्यापारी अग्रवाल

कर्णाली । सुर्खेत प्रहरीले रु तीन करोड बराबरको सुनसहित व्यापारी...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...