back
CTIZAN AD

पाक्न नपाउँदै धान बोटमै सुकेपछि किसान निरास

वि.सं.२०८२ जेठ १८ आइतवार

732 

shares

 

झापा । शिवसताक्षी नगरपालिका–२ मा ‘नेक ब्लास्ट’ रोगका कारण बर्खे धान पाक्न नपाउँदै बोटमै सुकेको छ । नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले सो वडाका नौ जना किसानले नौ बिघामा खेती गरेको हर्दिनाथ–१ जातको धानको बोट सुकेको बताए ।

धानबाली पाक्ने बेलामा रोगको सङ्क्रमण भएपछि नष्ट भएपछि किसानले निरास भएर स्थानीय पालिका गुहारेका छन् । “लहलह धानका बाला झुल्न थालेको थियो,” एक विघा १५ कठ्ठामा लगाएको धान सुकेको बताउँदै स्थानीय शिवकुमारी मैनालीले भनिन्, “एक्कासी के रोग आयो, एकैरातमा सबै धान सर्लक्कै सुकेर भुस सरह भयो ।”

उनले हाल सुकिसकेको धानको बोटलाई खेतबाट हटाउन समेत समस्या भएको बताए । बर्खे धान पाकेपछि किसानले हिउँदे धान लगाउने चलन थियो । तर, बर्खे धानमा क्षति भएपछि अब अर्को धान रोप्ने कि नरोप्ने भन्ने चिन्ता थपिएको मैनालीको भनाइ छ ।

धानबाली लगाउँदा किसानले मल, बीउ, सिँचाइ र श्रममा धेरै लगानी गरेका हुन्छन् । “धान पाकेपछि दिउँला भनेर खेत जोत्न ट्याक्टर र खेताला लगाएकी थिएँ,” किसान सुशीला काफ्ले भनिन् ।

नेक ब्लास्ट रोग धानको बीउबाट सर्ने भएकाले ब्याडमा धान छर्नुअघि बीउ धानको उपचार गर्न आवश्यक रहेको कृषि शाखा प्रमुख भट्टराईले बताए । किसानले बीउ उपचार नगरी रोप्दा र नाइट्रोजनयुक्त मल बढी प्रयोग गर्दा पनि यस्ता समस्या निम्तिने उनको भनाइ छ । पाँच वर्षअघि यस्तै डढुवा रोगले धान सखाप पारेको उनले बताए ।

उनले समस्या देखिएका क्षेत्रमा रोग नियन्त्रणका लागि किसानलाई पालिकाद्वारा निःशुल्क विषादी उपलब्ध गराइरहेको बताए । माटो परीक्षण गरी प्राविधिकको सिफारिसअनुसार मात्रै रासायनिक मलको प्रयोग गर्नसके यस्ता रोगको प्रकोप नदेखिने उनको भनाइ छ । रासस

 

वि.सं.२०८२ जेठ १८ आइतवार १३:१८ मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...