back
CTIZAN AD

सोमबार नारायणहिटीभित्र हिमानी ट्रस्टले दीप प्रज्वलन गर्ने

वि.सं.२०८२ जेठ १८ आइतवार

741 

shares

काठमाडौं । दरबार हत्याकाण्ड निधन भएका राजपरिवारहरूको सम्झनामा हिमानी ट्रस्टले आगामी जेठ १९ गते नारायणहिटी दरबारमा दीप प्रज्वलन गर्ने भएको छ । ट्रस्टले दरबारभित्र रहेको चतुरव्युह नारायण मन्दिरमा दीप प्रज्वलनको कार्यक्रम राखेको हो ।

२०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र एक रात्रीभोजका क्रममा गोली चलेर तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहको वंश विनाश भएको थियो । त्यसपश्चाात २०६२÷६३ मा भएको आन्दोलनले राजतन्त्रको अन्त्यपछि उनले नारायणहिटी दरबार छोड्नु परेको थियो ।

पूर्वराजा ज्ञानेन्द्रकी आमा रत्न राज्यलक्ष्मी शाह भने अहिलेसम्म नारायणहिटीभित्रै बस्छिन् । वयोवृद्ध उमेरका कारण उनलाई नारायणहिटी छोड्न बाध्य नपारेर यहीँभित्रको महेन्द्र मन्जिलमा बस्ने व्यवस्था मिलाइएको थियो । गणतन्त्र आएपश्चात् पूर्वराजा ज्ञानेन्द्र आमालाई भेट्न नारायणहिटी बेलाबखत जाने गर्छन् ।

पछिल्लो पटक गत जेठ १० गते पूर्वराजाले पत्नी कोमल, आफ्नी छोरी प्रेरणा र नाति हृदयन्द्रलाई समेत लिएर नारायणहिटी दरबार गएका थिए । त्यसबखत उनले आमा रत्नलाई भेटेपश्चात नारायण मन्दिरमा गएर पूजाआजा गरे । गणतन्त्र आएपश्चात् पूर्वराजपरिवारले तामझामसहित पहिलो पटक यसरी नारायण मन्दिरमा पूजाआजा गरेका हुन् ।

वि.सं.२०८२ जेठ १८ आइतवार १३:१८ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...