back
CTIZAN AD

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

वि.सं.२०८२ असार १ आइतवार

564 

shares

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग बेग्लाबेग्लै छलफल गरेका छन् ।

रास्वपा कार्यवाहक अध्यक्ष अर्यालसँग सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता रहेकाले सदन अवरोधको स्वरुप बदल्न तथा सदनलाई मर्यादित बनाउन उनको ध्यानाकर्षण गराउनुभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले राससलाई जानकारी दिए ।

रास्वपा कार्यवाहक अध्यक्ष अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसद्लाई मर्यादित बनाउने प्रतिबद्धता जनाए । गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिवधि भएकोबारे विभिन्न दलका प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सभामुखले राप्रपाका अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसद्को अवरोध हटाउन अनुरोध गरेका थिए । अध्यक्ष लिङ्देनलाई टेलिफोन गरेर सभामुखले संसद्मा आफ्ना विषय राखेर सदनको कारबाही सञ्चालनमा सहयोग गरेको सभामुखको निजी सचिवालयले जनाएको छ ।

वि.सं.२०८२ असार १ आइतवार १२:०६ मा प्रकाशित

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

काठमाडौँ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा...

भोटेकोशी बाढीबाट वेपत्ता भएका १५८ जनाको शव नवलपुरमा भेटियो 

भोटेकोशी बाढीबाट वेपत्ता भएका १५८ जनाको शव नवलपुरमा भेटियो 

नवलपुर (नवलपरासी) । यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा...

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...