काठमाडाैँ । बहुप्रतिक्षित लोक गीत ‘पानी खाएर गए’ सार्बजनिक भएको छ । ढकराम पौडेल युटुब च्यानलबाट सार्बजनिक भएको गीतमा माया प्रमेको विषयलाई रमाइलोसँग समेट्ने प्रयास गरिएको छ ।
पर्यटकीय दृष्टिकोणले विभिन्न जिल्लाको प्रचार गर्ने उद्देश्यले गीतलाई दर्जन भन्दा बढी कलाकारले गाएर उत्कृष्ट बनाएका छन् । सुमन विश्वकर्मा र सीताराम परियारको शब्दमा रहेको गीतमा ढकराम पौडेलको संगीत छ ।
गीतमा पुरुष कलाकारको रुपमा धकाराम पौडेल, सीताराम परियार, भूपेन्द्र राणा, हेमराज डाँगी, सुमन विश्वकर्मा, दिवाकर थपलिया, नवराज बस्नेत, तेजेन्द्र परियार, ईश्वर पोखरेल, राम बहादुर गजमेर, तिलक विश्वकर्माको स्वर छ ।
त्यस्तै महिला कलाकारको रुपमा कसम रानी ठकुरी, पार्वती विश्वकर्मा, स्वस्तिक विश्वकर्मा, मीरा गिरी, पार्वती पुन, प्रिया राणा मगर, गौरी राणा, सीता चन्द, प्रिति पुन मगर, अनिता सुनार, तिर्सना गडाल,पवित्र पुन मगरको स्वर छ ।
खेमराज गौतमको एरेन्जमा बनेको गीतमा हेमराज डाँगीको मिक्सिङ र ढकराम पौडेलको अडियो/भिडियो छ । निर्देशक भूपेन्द्र राणाले गरेका हुन् । छायाङकन, सम्पादन/रङ अनिल विष्ट प्युठानीले गरेका हुन् । पोस्ट प्रोडक्शन जलरापति डिजिटलबाट भएको हो
वि.सं.२०८२ असार १ आइतवार १७:४३ मा प्रकाशित




























