back
CTIZAN AD

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

वि.सं.२०८२ असार १ आइतवार

756 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध पक्षमा सांसदहरूले समीक्षात्मक टिप्पणी गरेका छन् ।

पूर्वअर्थमन्त्री वर्षामान पुनले बजेटबाट मध्यम र तल्लो वर्गका जनता उत्साहित हुन नसकेका बताएका छन् । राजनीतिक नेतृत्वले मेहनत गरेर बजेट नल्याएको आरोप लगाए । “बलियो सरकारले ल्याएको यो कमजोर बजेट हो”,सांसद पुनले भने ।

उनले राजस्व चुहावटको समस्या, पुँजीगत खर्च र प्राथमिकताका क्षेत्रलाई समेट्न बजेटले नसकेको बताए । वित्तिय सङ्घीयतालाई बलियो बनाउन बजेट चुकेको उनको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले आमजनताको अपेक्षा सम्बोधन गर्न बजेट असमर्थ भएको बताए । उनले ठूला उद्यमी– व्यवसायी खुसी बनाउने गरी बजेट आएको भन्दै असन्तुष्टि जनाए ।

आम जनता पार्टीका सांसद प्रभु साहले बजेट बिचौलियालाई खुसी पार्ने गरी आएको आरोप लगाए ।

नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरीले आगामी आर्थिक वर्षको बजेटले नागरिकको आवश्यकता समेट्न सफल भएको भन्दै सरकारलाई धन्यवाद ज्ञापन गरे । उनले कृषि उत्पादन प्रवद्र्धन र बजारीकरणका लागि विशेष ध्यान दिन आग्रह गरे ।

जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले बजेट मुलुकको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सफल हुने विश्वास व्यक्त गरे । उनले बजेटमा युवालाई केन्द्रमा राखी नवप्रवर्तनसहितका उद्योग, सहुलियतपूर्ण कर्जा, कृषिको आधुनिकीकरण समेटिएका बताए ।

वि.सं.२०८२ असार १ आइतवार १७:३६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...