back
CTIZAN AD

महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान

वि.सं.२०८२ असार १ आइतवार

627 

shares

काठमाडौँ । महालक्ष्मी विकास बैंककाले ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकले २० वर्ष सो बैंकमा सेवा प्रदान गरेका कर्मचारीहरुलाई एक विशेष कर्यक्रमको आयोजन गरी सम्मान गरेको हो ।

बैंकमा इमान्दार, निष्ठा, समर्पण, दायित्वबोध, व्यवसायिक, बैंकको स्थायित्व, विकास र उत्कृष्टताको यात्रामा महत्वपुर्ण सेवा तथा योगदान पु¥याएबापत ३६ जनाकर्मचारीहरुलाई काठमाण्डौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच सम्मान गरिएको बैंकले जनाएको छ ।

विभिन्न शाखा कार्यालयहरु तथा केन्द«ीय कार्यालयमा रही सेवाप्रदान गरिरहेका उक्त कर्मचारीहरुलाई बैंकका अध्यक्ष, सचालक समितिका सदस्यहरु तथा प्रमुखकार्यकारी अधिकृतले सम्मान गरेका हुन् । उक्तकार्यक्रममा संचालक समिति सदस्यहरु, बैंकका उच्च पदस्थ अधिकारीहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरु, काठमाण्डौं उपत्यकाका शाखाप्रबन्धकहरु लगायतअन्यकर्मचारीहरुको उपस्थिति रहेको थियो । सम्मानितकर्मचारीहरुको ज्ञान, सीप, अनुभव र मार्गदर्शनले बैंकलाई अझबलियो बनाउने विश्वास लिइएको छ ।

साथै उक्तकार्यक्रममा महालक्ष्मी टोष्टमास्टर क्लबको औपचारिक सुरुवात समेत गरिएको छ । टोस्टमास्टर इन्टरनेशनल द्धारा मान्यताप्राप्त यो क्लबमार्फत बैकका कर्मचारीहरुमा नेतृत्व क्षमता, सार्वनजानिक वक्तृत्व कला, आत्मविश्वास तथा संचार कौशल अभिवृद्धिमा सहयोग पु¥याउने लक्ष्य सहित गठन गरिएको हो । विकास बैंकहरुमा टोस्टमास्टर क्लबको औपचारिक सुरुवातगर्नेमामहालक्ष्मीविकास बैंक पहिलो विकास बैंक बनेको छ ।

जेष्ठ महिना भर बैंकले ३१ औं वार्षिकोत्सव मनाउन तय गरेको पुर्व निर्धारित सम्पूर्ण कार्यक्रमहरु समेत सफलता पूर्वक सम्पन्न भएका छन् । यस अवसरमा आगामी दिनहरुमा बैंकले आफ्ना ग्राहकहरुलाई थप अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउन प्रतिबद्धता समेत जाहेर गरेको छ ।

 

वि.सं.२०८२ असार १ आइतवार १७:०० मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...