back
CTIZAN AD

मौसम परिवर्तनसँगै गर्मी बढेपछि अस्पतालमा बिरामीको चाप

वि.सं.२०८२ असार २ सोमवार

1.6K 

shares

तनहुँ । मौसम परिवर्तनसँगै गर्मी बढेपछि यतिबेला जिल्लाको सदरमुकामस्थित दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ । पछिल्लो केही दिनयता मौसमी रूघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगाय बिरामीको सङ्ख्या बढेको अस्पतालले जनाएको छ । सरकारी अस्पतालका साथै निजी अस्पताल तथा क्लीनिकमा बिरामीको चाप बढ्ने गरेको छ ।

उपचारमा आउनेमध्ये रूघाखोकी, भाइरल ज्वरो र पखालाका बिरामी अधिकांश हुने गरेका दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए । उनले भने, “अहिले दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन्, उपचारका लागि आउने अधिकांशमा मौसमी ज्वरो, रूघाखोकीको समस्या देखिएको छ ।”

मौसमी सङ्क्रमणबाट जोगिन बिरामीले पानी उमालेर प्रशस्त मात्रामा पिउने, शरीरमा पानी तथा झोलिलो खानेकुरा बढी सेवन गर्ने, आराम गर्ने र ज्वरो आएको अवस्थामा सिटामोल वा चिकित्सकको सल्लाहमा औषधि सेवन गर्न सुझाब दिइएको उनले बताए ।

अस्पतालमा सेवा सुविधा प्रभावकारी भएसँगै तनहुँसहित छिमेकी जिल्ला गोरखा, लमजुङ र कास्कीका केही स्थानबाट बिरामी उपचारका लागि आउने गरेका छन् । टाइफाइड खानेपानी र खानाबाट सर्ने भएकाले सफा पानी पिउन र स्वस्थ्यकर खाना खान बिरामीलाई सुझाव दिइएको चिकित्सक बताउँछन् ।

पहिलो पटक इन्डोस्कोपी सेवा

त्यसैगरी प्रदेश अस्पताल दमौलीमा पहिलो पटक इन्डोस्कोपी सेवा सुरू भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा इन्डोस्कोपी सेवा विस्तार गरिएको सो अस्पतालले जनाएको छ । इन्डोस्कोपी सेवाका लािग पोखरा, चितवनलगायत सहर जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको अस्पतालका प्रमुख डा बरालले बताए । उनले भने, “अस्पतालमा फिजियोथेरापी, अर्थोपेडिक र बालरोग विशेषज्ञ सेवा विस्तार गरिएको छ ।”

“प्रदेश मन्त्रालयबाट गाइनोक्लोजिष्ट चिकित्सक छिट्टै पठाइदिने आश्वासन पाइएको छौँ”, उनले भने, “पछिल्लो समय मन्त्रालयबाट दमौली अस्पतालका लागि विशेषज्ञ चिकित्सक पठाउने विषयमा चासो लिएकाले थप हौसला मिलेको छ ।” डा बरालका अनुसार अर्थोपेडिक सेवा थप भएसँगै हात र खुट्टा भाँचिएका सामान्य बिरामीको हकमा उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । रासस/सांकेतिक फोटो

 

वि.सं.२०८२ असार २ सोमवार १२:४७ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...