back
CTIZAN AD

‘आमाको १० गाली सुनेर उठ्ने शरिर युरोपमा ४ घण्टा सुतेर कामगर्न तयार हुन्छ’

वि.सं.२०७४ जेठ २३ मंगलवार

789 

shares

rajendraथाकेको शरीर त्यो गिलो सिरानीमा अढेस् लाएपछी महसुस हुन्छ कि ‘म’ यूरोप मा आइपुगेको छु । त्यो सिरानीको साइडमा चार्ज हुँदै गरेको फोनको नोटिफिकेसन बारमा रहेको अलार्मको चिन्हले मलाइ यूरोपको आभास गराइराख्छ । साथीहरुसंग घुम्न जाने सोच भन्दा आफ्नो कामको चटारोको सोचले यूरोपको स्मरण गराइ राख्छ ।

सातै दिन घरमा आमैको हातको मिठो खाना खाएको यी मुख आजभोली कामको पेलाइले कति प्याक–प्याक हुँदो हो, घरमा वरको सिन्को पर न सारेको यो ज्यान आज हप्ता दिनको रोस्टर अनुसार काम गर्ने भैसके छ । घरमा दशचोटी आमाको गाली सुनेर उठ्ने यो शरीर अहिले दिन मा ४ घण्टा सुतेर नि काममा जान पछि हट्दैन । ‘तैले गरेर खाने भैनस्’ भन्ने बुबाको मुखमा आज मुस्कान छ । गर्बका साथ छाती फुलाएर चोकमा बसेर चिया पिउदै आफ्नो साथीहरुसंग भन्छन् ‘मेरो छोरो यूरोपमा छ’ उहाँको यही खुसीले नै यहाँ दिन रात नभनी कर्म गर्न पनि पछि हट्दिन म आज पनि सम्झन्छु । ‘फुलाइट्को दिन दृढ ब्यक्तित्वका साथ् आफ्नो ख्याल राखेस्’ भन्ने बुबाको शव्द पनि त्यस दिन कापेको थाहा पाएँ । तर, आजभोलि उहाँको खुसी नै मेरो सन्तुष्टि भएको छ।

कतिपय साथीहरु यूरोपमा आएर फ्रस्ट्रेट भएको देखेको छु् । आफ्नो कर्मलाई दोष दिई दिनरात छट्पटेको देखेको छु्र । मेरो केबल एक प्रश्न उनिहरु सँग ‘के यो आँफैले रोजेको बाटो हैन र ?’ अनी कर्म नगरी मिठा मिठा सपना देखेर हुन्छ त ? तर एक यथार्थ यो पनि होकी यहाँ आएका धेरैजसो नेपाली दाजुभाइ एकदम मेहेनती हुन्छन । रहरले होस् या बाध्यताले तर मेहेनत गर्ने बानी बसेको छ । संसारको जुनसुकै कुनामा पुगेर पनि आफू मेहेनत गरेर बाँच्न सक्छु भन्ने विश्वाश यूरोपले दिलाएको छ । हो यूरोपले आत्मनिर्भर बनाएको छ । घरमा बाआमालाई ढुक्क साथ चिन्ता कहिलै नगर्नुस भन्न सक्ने भएको छु्र धेरै पैसा कमाएर हैन कर्म गर्न सिकेर हो ।

यूरोप आउन खोजेका दाजुभाइ तथा दिदिबहिनीलाई एउटै सल्लाह दिन चाहन्छु आउनुस् यहाँ, तर कसैको भर परेर होइन मेहेनत गर्ने सोच लिएर । बाँकी जिम्मेवारि बोध यूरोपले आँफै गराइ दिन्छ।

वि.सं.२०७४ जेठ २३ मंगलवार ०५:२१ मा प्रकाशित

व्यक्तिगत जीवनमा आत्मनिर्भरताकाे अभ्यास कसरी गर्ने ?

व्यक्तिगत जीवनमा आत्मनिर्भरताकाे अभ्यास कसरी गर्ने ?

स्वनिर्भरता भनेको जीवनका चुनौतिहरू सामना गर्न, स्वतन्त्र निर्णयहरू लिन र...

निर्वाचनमा ओखलढुंगाः एक विश्लेषण

निर्वाचनमा ओखलढुंगाः एक विश्लेषण

कोशी प्रदेश अन्तर्गत पर्ने ऐतिहासिक, साँस्कृतिक महत्वको शदिद भूमि हो-...