back
CTIZAN AD

नागार्जुनका मेयरलाई भ्रष्टाचार मुद्दामा ८ वर्ष ३ महिना कैद

वि.सं.२०८२ असार १७ मंगलवार

804 

shares

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ वर्ष ३ महिना कैद सजाय सुनाएको छ । अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले यो फैसला गरेको हो ।

बस्नेतलाई २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ ८ पैसा जरिवाना तोकिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा बिगो कायम गरी ३ वर्ष कैद र बिगोको दोब्बर अर्थात् २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ८६ पैसा जरिवाना तोकिएको छ । साथै, गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत हुने भएको छ । सम्पत्ति शुद्धीकरण कसुरमा राष्ट्रसेवकलाई थप १० प्रतिशत (३ महिना १० दिन) कैद सजाय पनि थपिएको छ ।

बस्नेतले पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि र ती कम्पनीका अध्यक्ष राजुप्रसाद कँडेलबाट १ करोड १४ लाख २३ हजार ५०२ रुपैयाँ ८० पैसा पीडित राहत कोषमा क्षतिपूर्तिका रूपमा दाखिला गर्नुपर्नेछ ।

यसैगरी, कँडेललाई पनि ८ वर्ष कैद सजाय सुनाइएको छ । कँडेल र दुई कम्पनीले २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ बिगो दामासायीले भराउनुपर्नेछ । बस्नेत र कँडेलसहित दुई कम्पनीविरुद्ध ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घूस लेनदेन गरेको आरोप थियो। बस्नेत नेपाली कांग्रेसबाट लगातार दुई कार्यकाल मेयर निर्वाचित भएका थिए ।

वि.सं.२०८२ असार १७ मंगलवार ०७:०६ मा प्रकाशित

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...