back
CTIZAN AD

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

वि.सं.२०८२ असार ३० सोमवार

810 

shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा÷हिमपातको सम्भावना छ ।

आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ ।

वि.सं.२०८२ असार ३० सोमवार ०७:४४ मा प्रकाशित

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

काठमाडौँ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा...

भोटेकोशी बाढीबाट वेपत्ता भएका १५८ जनाको शव नवलपुरमा भेटियो 

भोटेकोशी बाढीबाट वेपत्ता भएका १५८ जनाको शव नवलपुरमा भेटियो 

नवलपुर (नवलपरासी) । यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा...

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...