back
CTIZAN AD

सर्पदंशका बिरामीलाई तत्काल उपचारको व्यवस्था गर्न माग

वि.सं.२०८२ असार ३१ मंगलवार

1.6K 

shares

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले ‘मर्यादित महिनावारी’ सम्बन्धी सङ्कल्प प्रस्ताव कार्यान्वयन गर्न तथा गर्मीयाममा सर्पदंशका बिरामीलाई तत्काल उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सभाको आजको बैठकमा सदस्यहरुले सभाबाट पारित यस सङ्कल्प प्रस्तावको कार्यान्वयनका लागि सभाका अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए । बैठकको शून्य समयमा सांसदहरु गङ्गाकुमारी, तुलसाकुमारी दाहाल, भगवती न्यौपाने र सुमित्रा बिसीले छाउगोठमा सर्पले डसेर महिलाको मृत्यु भएको भन्दै बालिका तथा महिलालाई सुरक्षित र मर्यादित महिनावारीका लागि आवश्यक कानुनी र संरचनागत सुधारका लागि आग्रह गरे ।

महिनावरीको अवधिमा भोग्नुपर्ने बहिष्करण, हिंसा, विभेद तथा तीनका कारण उत्पन्न शारीरिक र मानसिक पीडा एवं असुरक्षा हुने गरेको छ । विभेदको अन्त्य, सामाजिक न्याय, मौलिक अधिकार र मानव अधिकारको रक्षा सुनिश्चित गर्न कानुनी तथा संरचनागत सुधारको आवश्यकता रहेको सो प्रस्तावमा उल्लेख छ ।

शून्य समयमा सांसद इन्दिरादेवी गौतमले गर्मीयाममा सर्पदंशका बिरामीलाई तुरुन्त औषधि र उपचारका उपलब्ध गराउने व्यवस्था गर्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले वर्षायाममा डेङ्गी, झाडापखाला र टाइफाइडजस्ता सङक्रमण फैलन सक्नेतर्फ सचेत गराउँदै आपत्कालीन सेवा बजेट व्यवस्थापनको माग गरे ।

सांसद मायाप्रसाद शर्माले मध्यपश्चिम विश्वविद्यालयको व्यवस्थापन पक्ष अस्तव्यवस्त भएको भन्दै विद्यार्थीमैत्री नीति र कर्मचारीको व्यवस्थापन गर्दै गुणस्तरीय शिक्षाका उपलब्ध गराउनुपर्ने राय व्यक्त गरे ।

शून्य समयमा सांसद राधेश्याम पासवानले सौर्य जहाज दुर्घटनाका पीडित परिवारले न्याय नपाएको गुनासो गरिरहेका उल्लेख गर्दै यसबारे सम्बन्धित मन्त्रालयसँग जवाफ माग गरे ।

वि.सं.२०८२ असार ३१ मंगलवार १५:१२ मा प्रकाशित

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...