‘वाध्यताले देखायो परदेशको बाटो
नभुलौ कसैले जन्मेको माटो’
भन्ने नारालाई सार्थक बनाउदै मातृभूमिका लागि पर्वत सेवा समाज नेपाल शाखा इजरायलले मंगलबार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
समाजले पर्वतको माझफाट गैराटोलमा संचालित श्री समाज कल्याण (१–४) आधारभूत विद्यालयका १०४ जना दलित, गरिब, असहाय तथा अनाथ छात्रछात्रलाई यसै शैक्षिकसत्रमा तत्कालको लागि सहयोग हुनेगरी कापी कलम, व्याग, ह्वाइट बोर्ड समेतका शैक्षिक सामग्री वितरण गरिएको थियो ।

उक्त शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा सोहि गाउँपालिकाका नवनिर्वाचित प्रमुखको सभापतित्व रहेको थियो भने बिद्यालय संचालक समितिका पदाधिकारीहरु सोही बिद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका छात्र छात्रा अभिभावक लगायत सम्पूर्ण बिद्यालय परिवारका साथै राजनीतिक ब्यक्तित्वहरु, समाजसेवी, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
‘बालबालिका आजका कर्णधार भोलीको देश बिकासका आधार’ हुन भन्ने मान्यतालाई बुझेर उक्त सहयोग गरिएको समाजकी महासचिव ज्योती शर्माले बताउनु भयो ।

मातृभुमिका लागी पर्वत सेवा समाज मुलतः शिक्षाको क्षेत्रमा विशेष सहयोग गर्दै आएको छ । आगामी दिनहरुमा पनि संस्थाको माध्यमबाट पर्वतमा मात्र नभई देशका विभिन्न भागमा सहयोग गर्ने आसा र बिस्वासका साथ अघि बढेको समाजले जनाएको छ ।
समाजले गरेको उक्त सहयोगका लागि ऐक्यबद्धता जनाउनु हुने प्याव्सन पर्वत, बेन्जु होटेल, सम्पूर्ण संघसस्था पत्रकार बिद्यालय परिवार लगायत प्रत्यक्ष–अप्रत्यक्ष सहयोग पुर्याउनुहुने महानुभावमा समाजले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको पनि समाजका अध्यक्ष नरेन्द्र क्षेत्रीले बताउनु भएको छ ।
वि.सं.२०७४ जेठ २४ बुधवार ०४:५६ मा प्रकाशित

























