back
CTIZAN AD

विदेश जानेलाई सामी परियोजना वरदान साबित

वि.सं.२०७४ जेठ २४ बुधवार

870 

shares

२४ जेठ, गौशाला । महोत्तरी जिल्लाबाट वैदेशिक रोजगारीका लागि विदेसिनेका निम्ति जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजना वरदान साबित भएको छ ।

विगत ३ वर्षदेखि नेपाल सरकार तथा स्विस सरकारको सहमतिमा श्रम तथा रोजगार मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समझदारीमा जिल्ला समन्वय समिति, महोत्तरीमा सञ्चालित सामी परियोजना जिल्लाका हजारौँ युवाका लागि वरदान साबित भएको हो ।

सामी परियोजनाले २०७१ सालदेखि महोत्तरीबाट वैदेशिक रोजगारीमा जाने युवायुवतीको वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित तथा उपलब्धिमूलक बनाउने उद्देश्यले सूचना तथा परामर्श केन्द्र स्थापना गरेर सेवा प्रदान गर्दै आएको परियोजना संयोजक कमलेश सिंहले बताउनुभयो ।

सामीले वैदेशिक रोजगारीलाई सहज, सुलभ र भरपर्दो बनाउन जिल्ला सदरमुकाम जलेश्वरमा सूचना तथा परामर्श सेवा प्रदान गर्नाका साथै जिल्लाका विभिन्न १५ वटा साबिकका गाविसमा नागरिक सचेतना केन्द्र, वडा नागरिक मञ्च तथा विद्यालय अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्दै आएको संयोजक सिंहले बताउनुभयो ।

सामीले जिल्लाका गाउँगाउँमा सूचना, परामर्श, गोष्ठी, भेला तथा अभिमुखीकरणजस्ता कार्यक्रम गरेर समुदायस्तरमा वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित तथा उपलब्धिमूलक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ भने सामीको जनचेतनामूलक कार्यक्रमको फलस्वरुप महोत्तरीबाट वैदेशिक रोजगारीमा जाँदा स्थानीयस्तरमा हुने गरेका ठगीबाट बच्नुका साथै सीप विकास हुने तथा विदेशमा रहेकाको समस्या समाधानका लागि पहुँचमा अभिवृद्धि गराएको छ ।

सामीले खाडी मुलुकलगायत वैदेशिक रोजगारीमा जाँदा कति पैसा लाग्ने, कसरी जाने, के सम्झौता गर्ने गराउने, कस्तो सीप सिक्ने, ठगीबाट कसरी जोगिने, कुन देशमा कस्तो हावापानी छ भन्ने लगायतका विभिन्न विषयमा निःशुल्क सूचना तथा परामर्श दिएर महोत्तरीबाट हजारौँको सङ्ख्यामा विदेसिनेका लागि वास्तवमै वरदान साबित भएको सर्वसाधारणको बुझाइ रहेको छ ।

वि.सं.२०७४ जेठ २४ बुधवार ०५:५१ मा प्रकाशित

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था...

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२...

 कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि

 कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि

लन्डन । कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना...

निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन...