back
CTIZAN AD

नीति र विचारका आधारमा मात्रै कम्युनिष्ट एकता हुनुपर्छः प्रचण्ड

वि.सं.२०८२ साउन १० शनिवार

1.3K 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति र विचारका आधारमा कम्युनिष्ट एकता हुनुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्मशताब्दी तथा ४७औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले दलाल पुँजीवादको पक्षपोषण नगरी त्यसविरुद्ध सङ्घर्ष गर्ने वाम शक्तिबीच एकता हुन सक्ने बताए ।

“म पनि कम्युनिष्ट एकताको पक्षपाती हो । तर, विगतबाट पाठ सिक्नुपर्छ, नीति र विचारमा एकता हुनुपर्छ”, अध्यक्ष दाहालले भने, “दलाल, पुँजीवादका विरुद्ध एक हुने सङ्कल्प गर्नु पुष्पलालप्रति सम्मान हो, कम्युनिष्ट एकता त्यहीँबाट सुरु हुन्छ ।” पुष्पलालले अघि सारेका विचारबाट निर्देशित हुने र त्यसको अनुशरण गरे मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।

“पुष्पलालले सही विचार, सही राजनीतिक रणनीतिसहित कार्यशैली र आचरणको आधारमा एकता भन्नुभएको हो, पुष्पलाल कम्युनिष्ट नामको साइनबोर्डका आधारमा एकताको पक्षमा हुनुहुन्थेन”, अध्यक्ष दाहालले भने, “अमूर्त कुराले एकता टिक्दैन, हुँदैन । कम्युनिष्टहरुसँग एकता हुन्छ कम्युनिष्ट विरोधीसँग कसरी एकता हुन्छ ? त्यो त विगतमा देखियो नि ।”

अध्यक्ष दाहालले विगतको वाम एकतालाई जनता र कम्युनिष्ट कार्यकर्ताहरुले अनुमोदन गरे पनि त्यो एकता नतिकेको उल्लेख गर्दै यसको उत्तर नखोजी एकता हासिल नहुने बताए । “आजको अन्तरराष्ट्रिय शक्ति सन्तुलन परिस्थिति आजको राष्ट्रिय परिस्थिति क्षेत्रीय परिस्थिति उत्पादक शक्तिको विकासको अवस्था जनताको बीचको उत्पादन सम्बन्ध र त्यसबाट मानिस मानिसबीचको सम्बन्धको अवस्थाबारे विश्लेषण नगरी एकता हुँदैन रैछ”, उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भावनाले मात्रैले कम्युनिष्ट एकता नहुने उल्लेख गर्दै एकताका लागि सही विचार र नीति आवश्यक रहेको बताए । “अबको लक्ष्य वैज्ञानिक समाजवाद हुनुपर्छ, वैचारिक, राजनीतिक, साङ्गठनिक पुनःगठन आवश्यक छ, बलियो कम्युनिष्ट पार्टीले मात्रै मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्न सक्छु”, नेता खनालले भने ।

सो अवसरमा अध्यक्ष दाहाल र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता खनाललगायतले लेखक लोककृष्ण भट्टराईको पुस्तक ‘निर्वासन’ लोकार्पण गर्नुभएको थियो । पुस्तकमाथि टिप्पणी गर्दै एमाले नेता कैलाश ढुङ्गेलले पुष्पलालको सम्पूर्ण जीवनचक्र पुस्तकमा समेटिएको बताए ।

वि.सं.२०८२ साउन १० शनिवार १७:२३ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...