काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य घटेको छ । आईताबार सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ भने अघिल्लो कारोबारको दिन अर्थत गत शुक्रबार भने सुनको मूल्य तोलामा एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर प्रतितोला दुई हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ
वि.सं.२०८२ साउन ११ आइतवार ११:२७ मा प्रकाशित






























