back

नेतृत्वविरुद्ध जनार्दनको बमिट : आफू सकिने बाटो

वि.सं.२०८२ साउन १२ सोमवार

7.6K 

shares

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले दिने गरेका अभिव्यक्ति र लिने गरेका अडानका कारण नेकपा माओवादी केन्द्र पटकपटक विवादमा फस्ने गरेको छ । शर्माले माओवादी केन्द्रको नेतृत्व एउटै पुस्तामा घुमिरहेको भन्दै दोस्रो पुस्तामा हस्तान्तरण हुनुपर्ने आवाज उठाउँदै आएका छन् । उनले एकवर्ष यता प्रचण्डको खरो आलोचना गर्दै आएका छन् । जनमानसमा जनार्दनशर्माको अभिव्यक्ति र अडानका कारण बेलाबेला पार्टी फुट्न सक्ने चर्चा समेत चलेको हुन्छ ।

पछिल्लोपटक काठमाडौंमा भएको एक कार्यक्रममा मनमोहनबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्रीहरू भ्रष्ट रहेको आरोप लगाएपछि माओवादी केन्द्रमा शर्माको शर्माको चर्को आलोचना भएको छ । अधिकाँस नेताहरुले शर्माको उक्त अभिव्यक्तिको आशय प्रचण्ड समेत भ्रष्ट हुन् भन्ने देखिन आएको भन्दै अभिव्यक्ति फिर्ता लिएर माफि माग्नुपर्ने बताउने गरेका छन् ।

रुकम पश्चिममा प्रतिनिधि सभामा निर्वाचित हुँदा अत्याधिक मत पाएर विजयी भएका शर्मामा छुट्टै आत्म विश्वास छ । जनयुद्धको उद्गम भूमि र आधार इलाका समेत रहेको रुकुम पश्चिाममा माओवादीप्रति बाक्लो जनाधार बाँकी रहेका कारण समेत शर्मा माओवादीमा आफू उत्कृष्ट रहेको घमण्ड गर्छन् ।

प्रचण्ड प्रधानमन्त्री, शर्मा उर्जा मन्त्री र कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएको बखत १८ घण्टा लामो लोडसेडिङको अन्त्य भएको थियो । लोड सेडिङ अन्त्य पश्चात जनताको अपार माया पाएपछि शर्मामा घमण्ड झन् उक्लियो । शर्मा विधान महाधिवेशनमा नेतृत्व हस्तान्त्रण सम्बन्धी मस्यौदा ल्याएर कहिले माओवादीलाई लामो समय विवादित बनाउँछन्, कहिले नेतृत्वविरुद्ध तथानाम बोलेर लोक हसाउँछन् । कहिले विभिन्न संगठनमा प्रचण्डका विरुद्धमा उम्मेदवार खडा गरेर पार्टी गुटउपगुटको चङ्गुरमा छ भन्ने पुष्टि गर्न चाहान्छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विगत २६ वर्षदेखि नेतृत्वमा छन् । तर उनी पार्टीको नेतृत्व गरेर हात बाँधेर बसेको देखिन्न । दश वर्षे जनयुद्धमा उनको नेतृत्व अपरिहार्य थियो । शान्ति सम्झौता पश्चात संविधान निर्माण, संघियता कार्यन्वयन तथा समग्र देशको विकास र उन्नतीका लागि घोडाको गतिमा दौडिरहेका छन् । उनी माओवादीका शिर्ष नेताहरु पालैपालो पार्टी छोडेर जाँदा समेत अताल्लिएनन् । पार्टीलाई थप बलियो बनाउन र जनयुद्धद्वारा प्राप्त उपलब्धिहरुको रक्षार्थ आज सम्मपनि क्रियशिल छन् ।

रुकुम पश्चिमको चौरजाहारीमा भएको घटनामा नवराज विकसहित छ जनाको भेरी नदीमा हत्या गरिएको भनेर अदालतले समेत फैसला गरेको छ । घटना लगत्तै संसदको रोष्टमबाट शर्माले नवराजसहित छ जनाको हत्या नगरिएको उनीहरु आफै नदीमा पसेर मरेको व्रिफिङ गरेका थिए । माओवादीको जन्म उत्पीडित वर्ग समुदायको उत्थान र अधिकारका लागि भएको हो । जनयुद्धमा सबैभन्दा धेरै दलित समुदायले रगत बगाएका छन् । तर शर्माले संसदमा दिएको अभिव्यक्तिले ठुलो संख्यामा दलित समुदायकाो मन दुखेको छ ।

झट्ट हेर्दा प्रचण्डको शासन तानाशाह र एकात्मक जस्तो देखिन सक्छ । तर, प्रचण्ड जत्तिको नेता माओवादीमा हाल सम्म कोही नभएकालले उनी निर्विकल्प हुन् । वैद्य, बाबुराम, बादलहरुको बहिरगमन पश्चात प्रचण्डले पार्टीलाई थप क्षति हुन दिएनन् । बरु आफू प्रधानमन्त्री भएका बेला भ्रष्टचारीहरुलाई हायलकायल बनाएर माओवादीलाई जनताको लोकप्रिय बनाए । तराई मधेश यात्राका क्रमममा प्रचण्ड विहानदेखि साँझ सम्म जनताका घरमा पुगे । यता सचिव शर्मा भने काठमाडौमा गुमनाम भए । मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रामा शर्मा रुकुममा भएको सभामा झुलुक्क देखिएर पुनः गुमनाम भए ।

शर्मा उत्पीडित, गरिब तथा सर्बहारा वर्गको घरदैलौमा देखिँदैनन् । आफ्ना परिवारका सदस्य मध्ये सबै भन्दा धेरै राजनीतिक नियुक्ति दिने शर्मा अग्र पंक्तिमा रहेको आरोप लाग्ने गरेको छ । रुकुम पश्चिमको चौरजाहारीमा भएको घटनामा नवराज विकसहित छ जनाको भेरी नदीमा हत्या गरिएको भनेर अदालतले समेत फैसला गरेको छ । घटना लगत्तै संसदको रोष्टमबाट शर्माले नवराजसहित छ जनाको हत्या नगरिएको उनीहरु आफै नदीमा पसेर मरेको व्रिफिङ गरेका थिए । माओवादीको जन्म उत्पीडित वर्ग समुदायको उत्थान र अधिकारका लागि भएको हो । जनयुद्धमा सबैभन्दा धेरै दलित समुदायले रगत बगाएका छन् । तर शर्माले संसदमा दिएको अभिव्यक्तिले ठुलो संख्यामा दलित समुदायकाो मन दुखेको छ ।

यता अर्का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले पार्टी अध्यक्ष ‘प्रचण्ड’ लाई नेपाली राजनीतिको ‘ब्राण्ड’ को संज्ञा दिएका छन् । अखिल क्रान्तिकारीको काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रचण्डको नेतृत्वमा जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माण भएको उल्लेख गर्दै समाजवादको आधार निर्माणका लागि उनको नेतृत्व अझै आवश्यक रहेको बताए । पुनले प्रचण्डलाई परिवर्तनको ब्राण्डका रूपमा स्थापित भएको र उनको ‘ब्राण्ड भ्यालु’ उच्च रहेको दाबी गरे । यद्यपि, प्रचण्डले पनि आफूलाई आत्मरूपान्तरण गर्नुपर्ने बताए । उनको यो अभिव्यक्तिले पनि प्रचण्ड निर्विकल्प नेतृत्व हुन् भन्ने पुष्टि गर्दछ ।

यो पनि पढ्नुहोस्
प्रचण्डसँग विद्याको मञ्च सेयरिङ : उद्देश्य बृहत कम्युनिष्ट एकता

प्रचण्डले जनयुद्धदेखि वर्तमानसम्म जुनजुन कदम चालेका छन्, ती कदम उत्कृष्ट छन्, पार्टी, देश र जनताको पक्षमा छन् । माओवादीमा नेतृत्वविरुद्ध बोल्ने, पार्टी फुटाएर जाने वा पार्टी छोडेर अन्य पार्टीमा प्रवेश गर्ने नेताहरुको हविगत देश दुनियालाई थाहा छ । मोहन बैद्यले प्रभावशाली नेताहरुलाई लिएर पार्टी फुटाए । उनको पार्टीको अवस्था प्राणको मसिनो त्यान्द्रो मात्र बाँकी छ । बाबुराम भट्टराईले पनि पार्टी फुटाए । उनले चार वटा पार्टी फेरेर पुनः नेपाल समाजवादी पार्टी (नयाँ सक्ति) बनाए । तर उनको पार्टीको नेपाली राजनीतिमा कुनै प्रभाव र अर्थ छैन । माओवादीबाट फुटालेर अन्य पार्टी बनाएका गोपाल किराँती, विश्वभक्त दुलाल आहुती, प्रभु साह लगाएतका नेताले नेतृत्व गरेका पार्टीले नेपाली राजनीतिमा माखो समे मार्न सकेका छैनन् । रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा लगायतका नेताहरु एमालेमा अस्तित्व विहिन छन् । त्यहाँ न उनीहरुलाई कसैले खोजी गर्छन्, न उनीहरुको मान मनितो छ । आफूले लामो संघर्ष गरेको, रगत र पसिना बगाएको महान जनयुद्धलाई हिंसा भन्दा चुइक्क बोल्न सक्दैनन् । बरु केपी ओलीको विश्वास पात्र बन्न जनयुद्ध हिंसा नै हो भनेर ठोकुवा गर्छन् ।

शर्माले गर्ने गरेको पटकपटकको नेतृत्वविरुद्धको प्रहार समग्रमा पार्टीको नेतृत्व गर्ने आफ्नो इच्छा भएकाले गरे जस्तो देखिन्छ । यद्यपी उनले आफूले नेतृत्व गर्ने इच्छाले त्यसो नगरेको बताउँछन् । पार्टीलाई विधि विधानमा चलाउनका लागि नेतृत्व परिवर्तन सम्बन्धि विषयमा बोल्ने गरेको दाबी गर्छन् । पार्टीले लय समातेको छ । पार्टीप्रति जनताको आस्था, विश्वास बढ्दो छ । माओवादी छाडेका नेता फर्कने क्रम सुरु भएको छ । यस्तो शर्माका गतिविधि गलत छन् । नेतृत्वका सम्पूर्ण गतिविधि पार्टी हित अनुकुलका भएकाले पनि शर्माका कदम गलत ठहरिन्छन् ।

प्रचण्डका पक्षमा माओवादी केन्द्रमा ठुलो मत जीवीत छ । शर्माको प्रस्ताव सहमतिमा वा मतदानबाट पुरा हुने सम्भावना समेत छैन । शर्मा नेतृत्वविरुद्धका गतिविधि गरिरहन्छन भने पार्टी काममा उनलाई कुनैपनि सहयोग हुने छैन । उनको समर्थन गरिरहेका नेताहरुले जरुर उनको साथ छोड्ने देखिन्छ । नयाँ पार्टी बनाउँछन् भनेपनि देशैभर शर्माको प्रभाव छैन । रुकुमको जनाधार हेरेर उनले पार्टी फुटाउँछन् भने उनको दशा बैद्य, बाबुरामको जस्तै हुने छ ।

 

वि.सं.२०८२ साउन १२ सोमवार १२:१२ मा प्रकाशित

Himalayan Life AD
क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

 काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देलले संयुक्त अधिराज्य बेलायतमा सञ्चालन...

खेलकुदमन्त्रीले पहिलो निर्णय के गरे ?

खेलकुदमन्त्रीले पहिलो निर्णय के गरे ?

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण...

स्वास्थ्य मन्त्रीकाे पहिलो निर्णयः आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा

स्वास्थ्य मन्त्रीकाे पहिलो निर्णयः आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा

  नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतमले पदभार...

जलवायुका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा

जलवायुका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा

काठमाडौँ । पछिल्लो अध्ययनले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिन्दुकुश...

छठका लागि बागमती नदीमा धाप ड्यामको पानी छाडिने

छठका लागि बागमती नदीमा धाप ड्यामको पानी छाडिने

काठमाडौँ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, बागमती...

संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह

संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधन हुनुपर्ने...