पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्ला समय एउटै मञ्चमा देखिन थालेका छन् । उनीहरुसहित एकीकृत समाजवादीका विभिन्न नेता, नेकपा विप्लव लगायतका पार्टीसँग पनि विद्याको मञ्च सेयरिङ बाक्लिन थालेको छ ।
पूर्वराष्ट्रपति भण्डारीले राज्यले दिने सुविधा त्यागेर नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेकी थिइन् । एमाले आसन्न महाधीवेशनमा अध्यक्ष बन्ने योजनासहित एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी भण्डारीलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको डिजाइनमा केन्द्रीय समितिको बैठकले ब्रेक लगाइदिएको थियो । त्यसपश्चात भण्डारीले प्रचण्ड लगायत समाजवादी मोर्चाका नेताहरुसँग सम्बन्ध नजिक बनाएकी छन् ।
समाजवादी मोर्चा निकटका नेता तथा कार्यकर्ताहरुले समेत पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको राजनीतिमा आउन रोक्नु तानासाह प्रवृत्ति भएको भन्दै ओलीको चर्को आलोचना गरेका छन् । ओली लगायत उनी निकट नेताहरुले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउनु अंवैधानिक भएको भन्दै राज्यको सम्मान लिएर बस्नु उचित हुने सुझाव दिँदै आएका थिए । भण्डारीको पक्षमा रहेका एमालेका नेताहरुले भने उनलाई राजनीतिमा आउन संविधानले समेत नछेकोको दावी गर्दै राष्ट्रको सर्वोच्च पदमा पुगेर पार्टी र मुलुकको प्रतिष्ठा बढाउने नेतृलाई विचारकै आधारमा निषेध गर्नु विचारको पराजय भएकोे, गुटको अधिनायकवाद भएको बताउने गरेका छन् । ओलीले त्यसो गर्नु सत्ता कब्जाको होडमा सैद्धान्तिक मूल्यमान्यता र ऐतिहासिक योगदानको घोर अपमान भएको बताउँदै कडा प्रतिवाद गरेका छन् ।
एमाले कन्द्रीय कमिटीको निर्णयले भण्डारीलाई एमालेको राजनीतिमा आउन रोकेको छ । यद्यपी यो विषयले एमालेमा चर्को विवाद सिर्जना गरेको छ । एमालेमा ओलीको वरपर रहेर सत्ता र सक्तिको स्वाद चाखिरेकाहरु ओलीको पक्षमा ओकालत गरिरहेका छन् । केहीले पद र सक्ताबाट फुस्काइने डरले ओलीको विरोध गरेका छैनन् । राजनीतिमा आउने चर्चासँगै एमालेमा भण्डारीको पक्षमा मत बलियो जस्तो थियो । तर ओलीको वक्तव्य र निर्देशनपछि धेरै जसो ओलीकैे कित्तामा फर्किए । केही तटस्थ बसे । थोरै मात्र पूर्वराष्ट्रपति भण्डारीको पक्षमा बोले ।
नेकपा एमालेको केन्द्रीय समितिमा अल्पमतमा परेपनि नेता, कार्यकर्ताको बाक्लो समर्थन भण्डारीलाई छ । शुभचिन्तक तथा फरक दलका नेता कार्यकर्ताले समेत ओलीको तानासाह प्रवृत्ति विरुद्ध विद्याले मुठ्ठी उठाउनु ठुलो साहस भएको बताएका छन् । उनीहरुले एमाले भित्रको तानासाह प्रवृत्ति र ओलीको एकलौटीपन चिर्न विद्याले उठाएको कदम नीति र अनुशासनका लागि अत्यन्त आवस्यक भएको बताउने गरेका छन् । गाउँगाउँबाट भण्डारीले शीर झुकाउन नहुने आवाज उठ्न थालेका छन् । भण्डारीले समेत आफू सक्रिय राजनीतिमा अघि बढीसकेको भन्दै अब नरोकीने ओलीलाई चेतावनी दिएकी छन् ।
नेकपा एमालेमा विद्याका विरुद्ध बरबराउने ठुलै समुह छ । ओलीको विद्याविरुद्धको पेलान चर्किएको छ । यसैविच विद्याले ओलीलाई असफल बनाउने सुत्र खोजि गरेको देखिन्छ । ओलीलाई अल्पमतमा पार्नका लागि उनले एमाले बाहेकका अन्य बामपन्थी दलका नेताहरुसँको निकटा बढाउँदै लगेकी छन् । उनले एमालेमा रहेर आफ्नो पक्षमा ओकालत गरेका नेताहरुलाई नधम्काउन र नतर्साउन नेतृत्वलाई भनेकी छन् ।
एमालेमा फर्कन रोक्ने निर्णय भएयता भण्डारीको प्रचण्डसँग एक पटक मञ्च सेयर भएको छ । पहिलोपटक बिहीवार नेपाल खबर डटकम’को १०औँ वार्षिक दिवसका अवसरमा आयोजित आर्थिक सम्मेलन ‘राइजिङ नेपाल समिट’मा मञ्च सेयर गरेकी हुन् । दोस्रोपटक शनिवार प्रज्ञाभवनमाा हुने पुष्पलाल जन्मसताब्दी तथा ४७औँ स्मृति दिवसका सन्दर्भमा आयोजित पुष्पलालका अनुयायी लोककृष्ण भट्टराईद्वारा रचित निवार्सन नामक पुस्तक विमोचन कार्यक्रममा प्रचण्डसँग मञ्च सेयर गर्दै छिन् । त्यहाँ प्रचण्डसँग मात्र उनको मञ्च सेयरिङ हुने छैन । त्यहाँ पूवैप्रमानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग पनि उनको मञ्च ससेयरिङ हुँदैछ ।
प्रचण्ड, झललनाथसहितका बामपन्थी नेताहरु सँग भण्डारीका शुभचिन्तकहरुले मञ्च सेयरिङको चाँजोपाँजो मिलाउनुमा बामबन्धी धुर्विकरणको प्रमुख उद्देश्य देखिन्छ । यता भण्डारी प्रचण्ड, झललनाथसहितका बामपन्थी नेताहरुसँग मञ्च सेयर गर्न इच्छुक हुनुमा ओली बाहेकको बृहत रुपमा कम्युनिष्टलाई एक बनाउनका लागि जस्तो देखिन्छ । प्रचण्ड, झलनाथसहितका अन्य बामपन्थी नेताहरुले पनि बृहत कम्युनिष्ट एकताको इच्छा राखेर भण्डारीसँगको मञ्च सेयरिङमा हिचकिचाएका छैनन् ।
एमालेमा विद्याका शुभचिन्तक, प्रचण्ड, झलनाथ खनालसहित समाजवादी मोर्चाका नेता तथा आम सर्बसाधारणले प्रचण्ड, झललनाथसहितका बामपन्थी नेताहरुसँग विद्याको मिलनले नयाँ आशा जगाएको बताउने गरेका छन् ।
वि.सं.२०८२ साउन ९ शुक्रवार १२:३७ मा प्रकाशित






























