back
CTIZAN AD

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

वि.सं.२०८३ असार २२ सोमवार

297 

shares

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि गर्ने उद्देश्यले आइतबार किसानलाई ५० प्रतिशत अनुदानमा दुई हजार ३९० फलफूलका बिरुवा वितरण गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको कृषि विकास कार्यक्रमअन्तर्गत किसानलाई आँप, लिची र सिडलेस अङ्गुरका बिरुवा वितरण गरेको हो ।

नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीका अनुसार वितरण गरिएका बिरुवामध्ये दशहरी जातका आँप एक हजार २००, सोही जातका लिची एक हजार १५० र सिडलेस अङ्गुरका ४० बिरुवा रहेका छन् । फलफूलखेतीमा रुचि राख्ने किसानलाई जनही दुई–दुई आँप र लिचीका बिरुवा उपलब्ध गराइएको छ भने व्यावसायिक रूपमा अङ्गुरखेती गर्न इच्छुक किसानलाई सिडलेस अङ्गुरका बिरुवा वितरण गरिएको उनले बताए ।

“फलफूलखेती विस्तार गरेर नगरपालिकालाई दीर्घकालीन रूपमा फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य हो”, प्रमुख धामीले भने, “फलफूल उत्पादनले किसानको आयआर्जन बढाउनुका साथै पोषण सुरक्षामा पनि महत्त्वपूर्ण योगदान पुर्याउँछ ।”

प्रमुख धामीका अनुसार आँप र लिचीका बिरुवाको बजार मूल्य प्रतिबिरुवा रु ८५ भए पनि किसानलाई ५० प्रतिशत अनुदानमा ४२ रुपैयाँ ५० पैसाका दरले उपलब्ध गराइएको छ । प्रतिबिरुवा रु १०० मा खरिद गरिएको सिडलेस अङ्गुर किसानलाई रु ५० मा उपलब्ध गराइएको छ ।

बिरुवा खरिदका लागि नगरपालिकाले रु एक लाख खर्च गरेको छ भने सोहीबराबरको रकम लाभग्राही किसानले व्यहोरेका छन् । यसबाट किसानलाई गुणस्तरीय बिरुवा सहुलियत मूल्यमा उपलब्ध गराउन सहयोग पुगेको प्रमुख धामीले बताए । बिरुवा वितरणसँगै किसानलाई फलफूल बगैँचा स्थापना, बिरुवा रोप्ने तरिका, मल व्यवस्थापन, सिँचाइ तथा बिरुवाको संरक्षणसम्बन्धी आवश्यक प्राविधिक परामर्शसमेत प्रदान गरिएको छ । यसले बिरुवाको जीवित रहने दर बढ्नुका साथै उत्पादनसमेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

नगरपालिकाले विगत तीन वर्षदेखि निरन्तर रूपमा फलफूल बगैँचा स्थापना गर्ने किसानलाई अनुदानमा बिरुवा उपलब्ध गराउँदै आएको छ । यस कार्यक्रमबाट सयौँ किसान लाभान्वित भएका छन् भने निजी जग्गामा व्यावसायिक फलफूलखेती विस्तार हुँदै गएको कृषि विकास शाखाले जनाएको छ ।

नगरपालिकाका अनुसार पछिल्लो समय किसानमा परम्परागत खेतीसँगै फलफूलखेतीप्रति आकर्षण बढ्दै गएको छ । विशेषगरी आँप, लिची, केरा, कागती र अङ्गुरजस्ता बहुवर्षीय बालीले दीर्घकालीन आम्दानी दिने भएकाले किसानको रुचि बढेको हो । नगरपालिकाले आगामी वर्षहरूमा समेत अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै व्यावसायिक फलफूलखेती विस्तार, किसानको आयआर्जन वृद्धि र स्थानीय उत्पादन बढाउने योजना बनाएको जनाएको छ ।

 

वि.सं.२०८३ असार २२ सोमवार ०७:०२ मा प्रकाशित

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट...

अपडेट : देवघाटमा दिउँसो ३ः३० बजे बाढीको बहाव आइपुग्ने अनुमान

अपडेट : देवघाटमा दिउँसो ३ः३० बजे बाढीको बहाव आइपुग्ने अनुमान

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको अकस्मात् बाढीको प्रवाह कम...

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक

ललितपुर । नेपाली कांग्रेसले आज २०८३ भदौ १० गते बुधबार...

रसुवा बाढीबारे राष्ट्रिय परिषद्को बैठक

रसुवा बाढीबारे राष्ट्रिय परिषद्को बैठक

काठमाडौं । रसुवामा आज बिहान आएको बाढीको अवस्थाबारे छलफल गर्न...

अष्ट्रिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

अष्ट्रिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अष्ट्रिया पठाइदिन्छु...

रसुवामा भीषण बाढी : राजनीतिक दलका नेताहरूको यस्तो अपिल

रसुवामा भीषण बाढी : राजनीतिक दलका नेताहरूको यस्तो अपिल

काठमाडौं । रसुवामा अचानक आएको अत्यन्त ठूलो बाढीका कारण स्याफ्रुबेसीसहितका...