back
CTIZAN AD

४२ करोड थान नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा टेन्डर आह्वान

वि.सं.२०८२ साउन ९ शुक्रवार

1.8K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्नका लागि टेन्डर आह्वान गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्नका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको जानकारी दिएको हो ।

बैंकले पूर्वयोग्यता सेक्युरिटी प्रिन्टरहरूबाट बोलपत्र मागेको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया मार्फत नोटको डिजाइन, छपाइ, आपूर्ति तथा डेलिभरीका लागि यो ठेक्का खुलाइएको हो ।

इच्छुक पूर्वयोग्य सूचीमा रहेका कम्पनीहरूले सन् २०२५ सेप्टेम्बर ८ को दिउँसो १२ बजेभित्र आफ्नो बोलपत्र राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा बुझाइसक्नु पर्ने सूचनामा उल्लेख छ । बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिने छ ।

यसअघि अगस्ट १७ मा प्रि–बिड बैठक आयोजना गरिनेछ । बोलपत्रमा सहभागी हुन चाहने कम्पनीले २० हजार नेपाली रुपैयाँ वा (१४६ अमेरिकी डलर, १२६ युरो, १०९ पाउन्ड स्टर्लिङ) तिरेर बोलपत्र फारम खरिद गर्न सक्नेछन् । साथै, बोलपत्र पेस गर्दा न्यूनतम ४ करोड रुपैयाँ बराबरको बिड सेक्युरिटी पनि पेस गर्नुपर्ने सूचनामा उल्लेख छ

वि.सं.२०८२ साउन ९ शुक्रवार १४:०४ मा प्रकाशित

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि...

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित...

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...