काठमाडौं । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्याम बहादुर खड्काले पदबाट राजीनामा दिएका छन् ।
उनले आज मुख्यमन्त्री बहादुर सिंह लामासमक्ष रााजीनामा बुझाएका हुन् । उनले विविध काराणले गर्दा मन्त्रालयको जिम्मेवारी बहन गर्न नसक्ने राजीनामापत्रमा उल्लेख गरेका छन् ।
खड्काले राजीनामा दिएसँगै लामाविरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । यसअघि २०७९ पुस १३ गते भएको संसदीय दलको निर्वाचनमा खड्काले लामालाई समर्थन गरेका थिए ।
खड्कासँग बागमतीमा राजीनामा दिने कांग्रेसका मन्त्रीको सङ्ख्या ५ पुगेको छ भने लामाविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदको संख्या २२ पुगेको छ ।
वि.सं.२०८२ साउन १३ मंगलवार १३:२० मा प्रकाशित






























