back
CTIZAN AD

एकासी वर्षीया कालमायाले बल्ल पाइन् नागरिकता

वि.सं.२०८२ साउन १७ शनिवार

1K 

shares

गाईघाट । उदयपुरको चौदण्डी गढी नगरपालिका–१ की ८१ वर्षीया वृद्धाले नागरिकता प्रमाणपत्र प्राप्त गरेकी छन्। कालमाया राईलाई शुक्रबार नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ।

चौदण्डी गढी नगरपालिका–१ का वडाध्यक्ष लुङगराज राईको रोहबरमा वृद्धा राईले नागरिकताप्राप्त गरेको वडाध्यक्ष राईले जानकारी दिए। खोटाङको जन्तेढुङ्गा गाउँपालिका जन्मघर भएको वृद्धा राईको चौदण्डी गढी–१ मा विवाह भएर आएपछि पनि नागरिकता प्रमाणपत्र लिन ढिलाइ गरेको र १५ वर्ष अघि नै श्रीमान्को मृत्यु भएपछि वृद्धालाई नागरिकता लिन झनै समस्या रहँदै आएको थियो।

बूढेसकालमा नागरिकताविहीन वृद्धलाई सामाजिक सुरक्षाभत्ता र राज्यबाट प्राप्त हुने अन्य सेवासुविधाबाट समेत वञ्चित हुनुपरेकाले वडाध्यक्षको रोहबरमा नागरिकता दिलाइएको हो।

वृद्धा राईले यसअघि देखिनै नागरिकता लिने प्रयास गरेको भए आफन्त कसैले चासो नदिएको र ज्ञानको अभावबाट नागरिकता प्रमाणपत्रबाट वञ्चित हुँदै आएका थि।

उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार चौनपा–१ का वडा प्रतिनिधिहरुको रोहबरमा वृद्धा राईले नागरिकता लिएको र अब उनले सामाजिक सुरक्षा भक्ताको लागि पनि तत्कालै पहल र राष्ट्रिय परिचयपत्रको नम्बर पनि व्यवस्था गरिएको प्रजिअ लुइँटेलले बताए।

वास्तविक नेपाली नागरिक भएर नागरिकता प्रमाणपत्रबाट वञ्चित हुनु दुःखद् भएको प्रजिअ लुइँटेलले बताए। वृद्धा राईको तीन भाइ, दुई सन्तान रहेको चौनपा–१ का वडाध्यक्ष राईले जानकारी दिए।

वि.सं.२०८२ साउन १७ शनिवार १३:४५ मा प्रकाशित

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...