back

आजको मौसम : कुन-कुन स्थानमा हुँदछ वर्षा

वि.सं.२०८२ साउन २३ शुक्रवार

471 

shares

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागमा धेरै र देशका बाँकी पहाडी भू–भागका केही स्थानहरुमा तथा मधेस प्रदेश र बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराइलगायत कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर साधारणतया बदली रहनेछ । मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

वि.सं.२०८२ साउन २३ शुक्रवार ०७:२९ मा प्रकाशित

Himalayan Life AD
क्रिकेटः अमेरिकाद्वारा नेपाल सामू २६३ रनको लक्ष्य प्रस्तुत

क्रिकेटः अमेरिकाद्वारा नेपाल सामू २६३ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । समित पटेल र मिलिन्द कुमारको अर्धशतकीय पारीसँगै अमेरिकाले...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक...

मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको सपथ

मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको सपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ...

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै

कैलाली । छठ पर्वका अवसरमा छठपूजा सेवा समिति धनगढीले कैलालीको...

वैदेशिक रोजगारी सन्तती छात्रवृत्तिका लागि आवेदन आह्वान

वैदेशिक रोजगारी सन्तती छात्रवृत्तिका लागि आवेदन आह्वान

काठमाडौँ । सरकारले वैदेशिक रोजगार सन्तती छात्रवृत्तिका लागि आवेदन आह्वान...