back
CTIZAN AD

चितवनमा चोरी गर्न बालबालिकालाई प्रयोग बढ्दो

वि.सं.२०८२ भदौ २ सोमवार

543 

shares

चितवन । गत एक वर्षमा बिभिन्न अपराधमा सङ्लग्न ८६ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ । बिभिन्न आठ मुद्दामा १० वर्षदेखि १८ वर्ष उमेर समूहका ती बालबालिका पक्राउमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार सार्वजनिक कसूर/अभद्र व्यवहारमा २६, चोरी मुद्दामा २२, लागुऔषध मुद्दामा २१, ज्यानमार्ने उद्योगमा सात, जबरर्जस्ती करणीमा पाँच, जबरजस्ती करणी उद्योगमा दुई, सवारी ज्यान मुद्दामा दुई र साइबर क्राईममा एकजना बालक पक्राउ गरी कारबाही गरिएको हो । प्रमुख पुरीका अनुसार पछिल्ला दिनमा बिभिन्न किसिमका अपराधमा बालबालिकाको प्रयोग बढ्न थलेको छ ।

विशेषगरी चोरी र लागुऔषध मुद्दामा बालबालिकाको प्रयोग बढी हुन थालेको हो । उनले भने “बालबालिकालाई सामान्य पैसा दिएर अपराधमा सहभागी गराउन थालेका छन् ।” लागुऔषध ओसारपोसारमा बालबालिकाको प्रयोग हुँदै आएको छ । सार्वजनिक कसूर÷अभद्र व्यबहारसमेत बालबालिकालाई प्रयोग गर्ने गरेको उनले बताए ।

चोरीमा बालबालिकालाई प्रयोग गरी ठूलाले कमाउने गर्दछन् । उनले भने “चोरीका मुद्दामा तराईमूलबाट बच्चा लिएर आउने र चोरी गर्न लगाउने गरेको पाइएको छ । यस्ता कतिपय मुद्दामा चोरी गर्न लगाउनेलाईसमेत पक्राउ गरी कारबाही गरिएको छ ।”

वि.सं.२०८२ भदौ २ सोमवार ११:१७ मा प्रकाशित

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...