back
CTIZAN AD

नेपाल बङ्गलादेशसँग पराजित

वि.सं.२०८२ भदौ ११ बुधवार

2.9K 

shares

काठमाडौँ  । नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० यु–१७ महिला च्याम्पियनसिपमा बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशसँगको दोस्रो हारसँगै नेपाल साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ । नेपालले ४ खेलबाट ३ अङ्क मात्रै जोड्न सफल भयो ।

नेपाल पहिलो खेलमा भारतसँग ८–० ले पराजित भएको थियो । नेपालले भुटानसँग २–१ गोल अन्तरको जित निकालेको थियो भने बङ्गलादेशसँग ३–० गोलले पराजित भएको थियो । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा आज सम्पन्न खेलमा नेपाल बङ्गलादेशसँग ४–१ गोलले पराजित भएको हो । बङ्गलादेशलाई जित दिलाउन सौरभी अखण्ड प्रीतिले ह्याट्रिक गर्दा र थुनुए मार्माले एक गोल थपिन् ।

नेपालका लागि कप्तान भूमिका बुढाथोकीले एक गोल फर्काइन् । खेलको ३८ मिनेटमा थुनुएको गोलमार्फत बङ्गलादेशले पहिलो अग्रता लिइन् । खेलको ४४औँ मिनेटमा प्रीतिले टोलीको अग्रता दोब्बर बनाइन् ।

पहिलो हाफको इन्जुरी समयमा भूमिकाले नेपालका लागि गोल फर्काइन् । खेलको ७१औँ मिनेटमा प्रीतिले दोस्रो गोल गरिन् । प्रीतिले खेलको ८६औँ मिनेटमा ह्याट्रिक पूरा गरिन् । जितसँगै बङ्गलादेशले ४ खेलबाट ९ अङ्क पु¥याएको छ । एक खेल कम खेलेको भारतको पनि समान ९ अङ्क छ ।
(((

वि.सं.२०८२ भदौ ११ बुधवार १८:०८ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...