back
CTIZAN AD

पाँच नेपालीको मिर्गौला बेच्ने श्यामकृष्ण पक्राउ

वि.सं.२०८२ भदौ १५ आइतवार

543 

shares

काठमाडौं । एउटै गिरोहले भारतमा लगेर पाँच जना नेपालीको मिर्गौला बेचेको खुलेको छ । भारतमा नेपालीको मिर्गौला बेच्ने गिरोहका मुख्य नाइके श्याम कृष्ण भण्डारीसहित सहयोगी सुजन भारती पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोले भण्डारीलाई कञ्चनपुर र भारतीलाई वीरगञ्ज नाकाबाट नियन्त्रणमा लिएको हो ।

उक्त गिरोहले सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, नुवाकोट, धादिङलगायत जिल्लाबाट विभिन्न प्रलोभन देखाएर नेपालीलाई भारत पु¥याई मिर्गौला बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘अप्रेसन लाइफ फिल्ड’ नामक अनुसन्धानबाट यो गिरोहले सयभन्दा बढी व्यक्तिको मिर्गौला बेचेको आशङ्का छ ।

छ लाख भारुको प्रभोलन देखाएर दिइन्छ ५ हजार

भण्डारीले २५ जनाको मिर्गौला बेचेको स्वीकारे पनि पीडितको सङ्ख्या धेरै हुन सक्ने प्रहरीको दाबी छ । गिरोहले पीडितलाई छ लाख भारतीय रुपैयाँ दिने प्रलोभन देखाउने गरेको थियो, तर एक पीडितले जम्मा पाँच हजार मात्र पाएको खुलासा भएको छ ।

गिरोहले पीडितलाई दिल्लीको लाजपत नगरस्थित कस्तुरबा निकेतन होटलमा राखी स्वास्थ्य जाँच गरी बेहोस बनाएर मिर्गौला झिक्ने गरेको पाइएको छ । ब्यूरोमा ४ मुद्दा दर्ता भइसकेका छन् । गत साउन २० मा अन्य तीन जना पक्राउ परेका थिए । प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

 

वि.सं.२०८२ भदौ १५ आइतवार १६:५६ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...