आजकल राजधानी काठमाडौँका सार्वजनिक ठाउँहरुमा मानिसहरु एकाबिहानै उफ्रने गर्दछन् । केहि वर्ष अगाडिसम्म मानिसहरु यस्तो शारीरिक व्यायामका लागि निश्चित शुल्क तिरेर व्ययामशालामा जानै पर्ने बाध्यता थियो । तर अहिले ठाउँठाउँमा पब्लिक व्यायामशालाहरु बढेका छन् । राजधानी काठमाडौँको कुरा गर्दा शंखपार्कको बिहानी अभ्यास सबैभन्दा चर्चामा छ । एक अध्ययनका अनुसार अहिले काठमाडौँका ४० भन्दा बढी सार्वजनिक ठाउँमा यस्तो जमघट भेटिन्छ । मानिसहरुमा स्वास्थ्यका लागि शारीरिक व्यायाम खोज्ने प्रवृत्ति बढेको छ ।
काठमाडौँको ओम अस्पतालसँगै धोबीखोला पारीको आनन्दनगर पार्कमा डेढसय भन्दा बढी मानिसहरु बिहानै उफ्रन्छन् । ‘बोसो घटाउन उफ्रेका’ भन्दै अरुलाई खिज्याउने मानिसहरु पनि अहिले व्यायाममा आफै थपिने गरेका छन् । यसै विषयमा मर्निङ्ग स्टार र जुम्बा सम्बन्धी एक रिपोर्ट :
जुम्बा भनेको के हो?
जुम्बा भनेको एक प्रकारको शारीरिक व्यायाम हो । जुम्बा एक डान्स पनि हो । यसलाई एक प्रकारको कार्डियो भन्दा पनि फरक पर्दैन । जुम्वा संगितसँगै गरिन्छ । जसको मद्दतले हाम्रो शरीरलाई स्वास्थ राख्न र शरीरको मोटोपना घटाउनमा सहयोग पुयाउँदछ । सामान्यतया जुम्बालाई शरीरको सम्पूर्ण भागको व्यायामको रुपमा लिइन्छ । जुम्बाले हाम्रो शरीरलाई स्वस्थ राख्न र शरीरको मोटोपना घटाउन सहयोग पु¥याउँछ । त्यतिमात्र होइन जुम्बाले मानिसलाई मानसिक रुपमा स्वस्थ रहन पनि मद्दत पु¥याउँछ ।
नेपालमा सन् २००९ बाट जुम्बाको औपचारिक सुरुवात भएको पाइन्छ । अन्तर्राष्ट्रिय रुपमा भने जुम्बा कोलम्बियाबाट सुरुवात भएको मानिन्छ । जुम्बा गर्दा शरीरको शिरदेखि पैतालासम्मको अभ्यास हुन्छ । जुम्बा गर्दा शरीरको हातखुट्टा तथा जिउ मर्काइन्छ । दैनिक जुम्बा गर्नाले शरीरमा आनन्द र सुख मिल्छ ।
जुम्बाको असर छिटो देखिँदैन, तीन महिनासम्म जुम्बा डान्स गरेमा ६ देखि ८ केजीसम्म तौल घट्न सक्छ, भनिन्छ । जुम्बा गर्दा शरीरका अङ्गहरु सक्रिय हुन्छन् । जुम्बापछि तनावमुक्त भइन्छ । यसले शरीरमा एक प्रकारको ऊर्जा ल्याउँछ । आलस्यपना र तनाव घटाउँछ, युरिक एसिड, थाइराइड, मुटुरोग लगायतका समस्या कम गर्न पनि जुम्बा प्रभावकारी मानिन्छ । १ घण्टाको जुम्बा गर्दा करिब ४००–८०० क्यालोरी खर्च हुन्छ ।
यो जुनसुकै उमेरकाले पनि गर्न सक्छन् । यद्यपी महिलाहरु यसप्रति बढि आकर्षित हुने गरेका छन् । एक घण्टा व्यायामले बाँकी २३ घन्टा शरीरलाई स्वस्थ राख्न मद्दत पुग्दछ ।
जुम्बा डान्स जुन समयमा पनि गर्न सकिन्छ । यही समय भन्ने हुँदैन । तर सामान्यतः विहान वा बेलुकाको समयमा जुम्बा डान्स गर्दा राम्रो हुन्छ । जुम्बा गर्दा सहज पहिरन तथा सजिलो जुत्ता लगाउनु पर्छ । जुम्बा गर्नुअघि पानी भने पिउनु पर्छ । जुम्बा गरिसकेपछि पनि पानी पिउनुपर्छ ।
जुम्बाका फाइदाहरु
– मुटुलाई स्वास्थ राख्न सकिने, उच्च रक्तचाप मधुमेह रोकथाम हुनुको साथै मोटोपना घटाउने,
– मानिसमा आत्मविश्वास बढाउन सहयोग गर्ने,
– शरीरको मांशपेशी लगायत शरीरका हड्डी बलियो बनाउन सहयोगी हुने,
– शरीर लचिलोको साथ फुर्तिलो पनि हुने,
– मानिसमा भएको तनाव, बेचैनी घटाउने ।
– मानिको शरीरका हात, हात, खुट्टा, कम्मर जस्ता विभिन्न भागहरु बलियो आकर्षक बनाउँछ । शरीरका रक्तसंचार
प्रणालीलाई व्यवस्थित बनाउँछ ।
जुम्बा डान्स रमाइलो र फाइदाजनक भए पनि, केही बेफाइदाहरू पनि छन् । विशेष गरी जब यसलाई गलत तरिकाले, बिना तयारी वा आफ्नो शारीरिक अवस्थाको ख्याल नगरी गरिन्छ भने असर पनि गर्न सक्छ ।
मर्निङ स्टारको आफ्नै प्रयास
ओम अस्पतालको पारी टोयोटासंगैको आनन्दनगरमा हरेक बिहान ५.३० देखि ६ः३० बजेसम्म १ घण्टा जुम्बा अभ्यास हुन्छ भने ६ः३० देखि ६.४५ बजेसम्म १५ मिनेट अन्य नृत्य हुने गरेको छ । त्यसपछि १५ मिनेट आँखा, नशा तथा थाइराइडलाई लाभ हुने विभिन्न खालका एक्सरसाइज सिकाइन्छ ।
यहाँ संगित र स्पीकरको व्यवस्था गरिएको हुँदा एक्सरसाइज गर्न समस्या छैन । यज्ञ रावल (भतिज)ले विभिन्न व्यवस्थापन गर्ने गरेका छन् ।

यहाँ सुरुसुरुमा मानिसले एक्लाएक्लै गर्ने गरेको अभ्यास विस्तारै एकअर्कामा चिनजान हुँदै गएपछि ध्रुव बस्नेतको आयोजनामा एउटा सानो समूह निर्माण भएको थियो । सुरु सुरुमा उक्त समूहमा २५–३० जना सम्म उपस्थिति हुने गरेको थियो भने अहिले दैनिक १४० देखि १६० जनासम्म उपस्थित हुने गरेका छन् । उक्त समूहको प्रमुख प्रशिक्षक मिनु पौडेलले सानो स्पिकरको म्युजिकसँग जुम्बा सिकाउने गर्दछिन् ।
टिमको आकार बढ्दै गएपछि सहभागीहरुको सल्लाह बमोजिम रु २००/३००/५००/१००० सम्म सहयोग जुटाएर ठूलो खालको स्पिकर किनिएको छ । २०८१ जेठ ७ गते स्थापना भएको यो टिमको नाम यज्ञ रावल (भतिज) ले ‘मर्निङ स्टार एक्सरसाइज टिम’ राखेका हुन् । Morning stars Exercise Team नामक एउटा Facebook Id खोलेर विभिन्न व्यक्तिहरुलाई जोड्ने गरिएको छ । उक्त फेसबुक पेजमा दैनिक एक्सरसाइज गर्दा खिचिएका फोटो र भिडियोहरु रावलले अपलोड गर्ने गरेका छन् । यसको टिकटक आइडी पनि छ । उक्त फोटो भिडियोहरु दैनिक टिकटकमा पनि अपलोड गर्ने गरिएको छ । टिकटक आईडीमा हाल ३००० भन्दा बढी Followers रहेको छ ।
टिम निर्माणमा योगदान गर्ने व्यक्तिहरु
१) ध्रुव बस्नेत २) मिनु पौडेल ३) कल्पना तामाङ, ४) यज्ञ रावल (भतिज), ५) राजु नेपाल ६) राधा गुरुड ७) किरण भट्टराई ८) दिर्घराज भट्टराई ९) सीता खड्का १०) वीना लामा ११) पुजा थापा १२) लक्ष्मी रुम्बा १३) हिमा निरौला १४) नारायण रावत लगायतका व्यक्तिहरुको योगदान रहेको छ ।
सकारात्मक पक्षहरु
– यो टिममा धेरै नै मिलनसार मानिसहरुको उपस्थिति बढ्दै गएको, विभिन्न मानिसहरुको स्वास्थ्यमा सुधार आएको,
– धुम्बाराही, चावहिल, कपन, हाडिगाउँ, मैतिदेवीसम्मका मानिसहरुको उपस्थिति रहने गरेको,
– विभिन्न समयमा आउने चाडपर्व समूहमा मनाउने गर्दा सामूहिकता बढाएको,
– टिमले पिकनिक, तिज, देउसी भैलो, स्थापना दिवस लगायतका कार्यक्रमहरु गर्ने गरेको छ ।
–परिचय र सामुहिकता बाहेक ब्यबशायिक शेयरींगले एकापसमा घनिष्ठता बढाउदै लगेको छ ।
क) प्रशिक्षक
– मिनु पौडेल र कल्पना तामाङ (इलाम)
ख) सहायक प्रशिक्षक
– दीर्घराज भट्टराई, यज्ञ रावल (भतिज), सरु लामा र नितु लामिछाने
ग) अन्तिमका विशेष प्रशिक्षक
– राजु नेपाल र मिनु पौडेल
घ) कार्यक्रमकोे व्यवस्थापन
यज्ञ रावल (भतिज), सूर्य बहादुर थापा, ध्रुव बहादुर बस्नेत, सुन्दर भुजेल, राधा गुरुङ, विना लामा र सीता खड्का लगायत ।
कार्यक्रमको सल्लाहकारहरु
महिलाबाट : भावना घले, मिनु पौडेल, सीता खड्का, बिना लामा, कल्पना तामाङ, देवी चौधरी, सरु लामा, निता लामिछाने, दीपा भण्डारी, हिमा निरौला, लक्ष्मी रुम्बा, पुजा थापा र मीना शर्मा लगायत ।
पुरुषबाट : राजु नेपाल, दीर्घराज भट्टराई, किरण भट्टराई, सुन्दर भुजेल, यज्ञ रावल, ध्रुव बस्नेत, पोखरीप्रसाद नेपाल, कृष्णकुमार श्रेष्ठ, सूर्य बहादुर थापा लगायत ।
यज्ञ रावल (भतिज): म विगतमा व्यापारीक क्षेत्रमा नै बढी व्यस्त हुन्थे । मेरो पारिवारिक वातावरण पनि व्यापारिक क्षेत्र नै थियो । ठीक त्यही समयमा म मोटाएँ पनि । डाक्टरले मलाई तौल घटाउन सल्लाह दिनुभयो । अनि म दैनिक बिहानको समयमा चाबहिलको टोयोटा पार्कमा जान थालेँ । त्यहाँ विभिन्न मानिसहरुको उपस्थिति हुने गर्दथ्यो । सबै जना एक्ला एक्लै आफनै तरिकाले एक्सरसाइज गर्ने गर्दथे । मैले र धु्रव बस्नेत दाईले अनुरोध गरेर सबै जनालाई भेला पारेर एउटा सानो ग्रुप बनायौँ । मिनु पौडेल म्याडमलाई प्रमुख गुरु मानेर जुम्बा गर्न थाल्यौं ।
दामोदर गौतम : म कपनबाट धोबीखोलाको किनारैकिनार मनिङ्ग वाक गर्दथेँ । केहि मानिसहरु पार्कमा उफ्रीरहेको देखेपछि म पनि आकर्षित भएँ । निःशुल्क जुम्बा सिकाउने गरिएको रहेछ । मानिसको स्वास्थयलाई केन्द्रमा राखेर गरिएको यो प्रयासमा म नियमित प्रशिक्षार्थी जस्तै भएर अभ्यास गरेको छु ।

आनन्दनगरको यो पार्क एकातिर धोबिखोलाको किनारमा छ भने अर्कोतर्फ टोयटा कम्पनीसँग जोडिएको छ । सार्वजनिक चौर राम्रो रहेको र सँगै विभिन्न खालका खेल्ने साधनहरु रहेको, सार्वजनिक सौचालयसमेत भएको र सर्वसाधारणहरुलाई पार्क प्रवेशमा सहज भएकाले नयाँ मानिसहरु दिनहुँ थपिरहेको देखिन्छ ।
(फोटो तथा भिडियोहरु उपलब्ध गराउनु भएकोमा यज्ञ रावल (भतिज) प्रति संसारन्यूज आभार व्यक्त गर्दछ । )
वि.सं.२०८२ भदौ १७ मंगलवार १२:१३ मा प्रकाशित






























