back
CTIZAN AD

नवलपुर माछामा आत्मनिर्भर, किसान समस्यामा

वि.सं.२०८२ भदौ २० शुक्रवार

2.4K 

shares

नवलपुर । नवलपुर जिल्ला माछा उत्पादनमा आत्मनिर्भर बनेपनि किसानहरु समस्यामा परेका छन् । यहाँ वर्षेनी करिब २३ करोड रुपैयाँ बराबरको माछा उत्पादन हुन्छ ।

बिहिबार कावासोतीको अमलटारीमा भएको नवलपुर मत्स्य व्यवसायी संघको प्रथम वार्षिक साधारण सभामा माछा पालक किसानहरुले आफूहरुको समस्यासहित गुनासो पोखे । उनीहरुले बजार व्यवस्थापन, जीवित माछा ढुवानी, सहुलियतपूर्ण ऋण र व्यवसायिक सीप अभावका कारण धेरै कठिनाइ भोग्नुपरेको बताए ।

संघका अध्यक्ष इन्द्रमणि भुसालले माछा पालक किसानहरूको जीवनस्तर उकास्न राज्यबाट पर्याप्त सहयोग नभएकै कारण समस्या समाधानमा ढिलाइ भएको बताए। उनले जीवित माछा ढुवानीमा समस्या रहेको भन्दै सहुलियत ब्याजमा ऋण पाउन गाह्रो भएको बताए । यस्तै बजारमा बिक्री–वितरणमै किसानहरू समस्यामा परेको उनको गुनासो छ ।

भेटनरी अस्पताल तथा पशु सेवा सेवा केन्द्र नवलपुरकी प्रमुख डा. शर्मिला कुमालले किसानहरूका लागि तालिम तथा राहत वितरण हुँदै आएको र आगामी दिनमा क्वारेन्टाइन व्यवस्थापन र बजार अनुगमनलाई अझ प्रभावकारी बनाउने बताइन् ।

यहाँ कावासोती, देवचुली, मध्यविन्दु, गैडाकोट र विनयी त्रिवेणीमा व्यवसायिक माछा पालन बढी छ। यहाँका माछा चितवन, रुपन्देही हुँदै काठमाडौं उपत्यकामा समेत निर्यात हुन्छ ।

हाल नवलपुरमा करिब २ सय बिगाहा क्षेत्रफलमा ३ सय भन्दा बढी पोखरीमार्फत व्यवसायिक रुपमा पालिएको माछा २३ करोड मूल्य बराबरको हो ।

कार्यक्रममा देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुसाल, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ अर्याल, खानेपानी उपभोक्ता तथा सरसफाइ महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसाल, देवचुली–१३ का वडा अध्यक्ष एकदेव पौडेललगायतले बोलेका थिए ।

साधारणसभामा अध्यक्ष भुसालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण गुरौले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको छ ।

वि.सं.२०८२ भदौ २० शुक्रवार ०७:२८ मा प्रकाशित

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

काठमाडौं । अब गैरआवासीय नेपाली (एनआरएन) नागरिकता वा एनआरएन परिचयपत्र...

विकट स्थान मुगुको सोरुकोट तथा बाजुराको बिच्छ्या र कुवाडीमा फोरजी सेवा सञ्चालन

विकट स्थान मुगुको सोरुकोट तथा बाजुराको बिच्छ्या र कुवाडीमा फोरजी सेवा सञ्चालन

काठमाडौँ । नेपाल टेलिकमले मुगु जिल्लाको सोरु गाउँपालिका वडा नम्बर...

बागमती प्रदेशमा ८ मन्त्रालय मात्रै रहने

बागमती प्रदेशमा ८ मन्त्रालय मात्रै रहने

हेटौंडा । बागमती प्रदेश सरकारमा आज अर्थात् १ साउन २०८३...

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

काठमाडौं। केडिया ग्रुपको आयोजनामा नेपालमै पहिलोपटक सञ्चालन हुन लागेको पुरुष...