काठमाडौँ । नेपाली सेनाले देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य रहेको सेनाले स्मरण गराउदै थप जटिल हुन नदिन र संयमता अपनाउन अनुरोध गरेको छ ।
अपिल गरेका सुचना अनुसार नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध गरेको हो ।
जेनजीको प्रदर्शनमा २० भन्द बढी प्रदर्शनकारीको ज्यान गईसकसको छ साथै सबै संरचना ध्वस्त भएका छन् ।
‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो,’ नेपाली सेनाले भनेको छ ।

वि.सं.२०८२ भदौ २४ मंगलवार १८:३३ मा प्रकाशित






























