back
CTIZAN AD

मलेसियाबाट फर्केर कृषिमा जमेका चौधरी बने उत्कृष्ट कृषक, राष्ट्रपतिद्धारा पुरस्कृत

वि.सं.२०८३ जेठ २१ बिहीवार

330 

shares

महेन्द्रनगर । सात वर्षअघि वैदेशिक रोजगारीका शिससिलामा मलेसिया मजदुरी गर्न पुगेका कञ्चनपुरको लालझाडी गाउँपालिका–४ का विजयकुमार चौधरी स्वदेश फर्किए । मलेसियामा तीन वर्ष मजदुरी गर्नुभएका चौधरीको मासिक रु ३५ हजार कमाइ गरे । विदेशको चर्को गर्मीमा श्रम बेचेर स्वदेश फर्किएका विजय अहिले माछापालनमा छन् ।

गत जेठ १५ गते कृषि, वन तथा पर्यावरण मन्त्रालयलबाट छनौंट भई राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएपछि चौधरीको कृषिप्रतिको लगाव अझ बढेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयलले सात प्रदेशबाट उत्कृष्ट दुई÷दुई कृषक गरी १४ कृषकलाई सम्मानित गरेको थियो । रु दुई लाख राशिको पुरस्कार पाएपछि हर्षित भएका चौधरीले सम्मानले कृषि पेसाप्रति जाँगर बढेको बताए ।

“राष्ट्रपतिबाट सम्मान पाउँदा हौसला थपिएको छ,” चौधरीले भने, “अब युवालाई पनि कृषि र उत्पादनमुखी काममा लगाउने योजना व्यवसाय सञ्चालन गर्ने योजनामा छु ।”

सात वर्षदेखि सिकलपट्टी जाइमा तीन बिघामा माछा पोखरी बनाएर मत्स्य उत्पादनमा लागेका चौधरीले निकट भविष्यमा थप पाँच बिघा जमिन भाडामा लिएर माछा उत्पादन बढाउने गरी अघि बढिसकेको बताए ।

“वार्षिक ४५ क्विन्टल माछा बिक्री गरिरहेको छु,” चौधरीले भने, “वर्षमा नौ लाखभन्दा बढी बचत हुन्छ ।” स्वदेशी माछा उत्पादनको बजारीकरणका लागि सरकारले वातावरण मिलाई दिनुपर्ने चौधरीको भनाइ छ ।

“यहाँ उत्पादन भएको माछा झलारी, बेलौरी, वाणी र स्थानीय बजारमा खपत भइरहेको हुन्छ,” उनले भने, “भारतलगायत अन्य मुलुकबाट आयात हुने माछालाई रोक लगाएर स्वदेशी उत्पादनलाई बजारको सुनिश्चतता गरिनुपर्छ ।”

चौधरीले हरेक बर्ष असोजदेखि माघ महिनासम्म माछा बिक्री वितरण हुने गरेको बताए ।उनको कामले अन्यले पनि रोजगारी पाउनु सुखद कुरा हो । “माटोमा पसिना बगाए युवा विदेश जानु पर्दैन । यही राम्रै मुनाफा कमाउन गर्न सकिन्छ ।”

वि.सं.२०८३ जेठ २१ बिहीवार ०७:३६ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...