back

शिक्षण अस्पतालमा ३६ जनाको शव, आधिकारीक पत्र नआउँदा परीक्षणमा ढिलाइ

वि.सं.२०८२ भदौ २७ शुक्रवार

1.1K 

shares

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा शव पहिचानका लागि आधिकारिक पत्र कम आउँदा शव परीक्षणमा ढिलाइ भएको छ । जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको हाल शव परीक्षण कार्य भइरहेको छ ।

विभागका प्रमुख डा गोपाल चौधरीले हालसम्म नौ जनाको आफन्तको पत्र आएको बताए । जसमा तीन जनाको शव परीक्षण गरेर आफन्तको जिम्मा लगाइएको उनले बताए । चौधरीले हाल तीन जना प्रहरी र ३३ जना प्रदर्शनकारीको शव परीक्षणका लागि अस्पताल ल्याइएको जानकारी गराए । उनले भने, “महिला दुई जना र बाँकी पुरुषको शव रहेको छ । शव परीक्षणका लागि भदौ २३ गते नै शव आइपुगे पनि प्रहरीको पत्र आउन ढिलाइ भएकाले शव परीक्षण ढिलो हुन पुगिरहेको छ । पत्रविना हामीले शव परीक्षण सुरु गर्न मिल्दैन । प्रक्रिया पूरा गरेर मात्र परीक्षण गर्नुपर्ने हुन्छ ।”

डा चौधरीले आन्दोलनमा मृत्यु भएकाको हालसम्म डिएनए परीक्षण गर्नुपर्ने अवस्था नरहेको बताउँदै शव चिन्न नसक्ने अवस्थामा भने दाँत परीक्षण, फिङ्गरप्रिन्टबाट शव परीक्षण गरिने बताए । विभागमा हाल ण्छ चिकित्सक र तीन सहयोगीसहित नौ जनाको टिमले सो फरेन्सिक प्रक्रिया हेरिरहेको छ । पाटन अस्पतालमा शवको परीक्षण भइरहेको छ ।

जेनजी प्रदर्शनमा नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार हालसम्म ५१ जनाको मृत्यु भइसकेको जनाएको छ । जसमा तीन जना प्रहरी, २१ जना आन्दोलनकारी, १८ जना अन्य र नौ जना कैदीबन्दी रहेका छन् ।

वि.सं.२०८२ भदौ २७ शुक्रवार १९:१९ मा प्रकाशित

Himalayan Life AD
राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको...

गण्डकीमा मानसिक समस्याका बिरामी बढे्, उपचारका लागि अस्पतालको अभाव

गण्डकीमा मानसिक समस्याका बिरामी बढे्, उपचारका लागि अस्पतालको अभाव

गण्डकी । गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन...

आजदेखि एमालेको ११औँ महाधिवेशन सुरु हुँदै, तीन लाख सहभागी हुने

आजदेखि एमालेको ११औँ महाधिवेशन सुरु हुँदै, तीन लाख सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि...

नेपाल लाइफको बोनस दर सार्वजनिक: विषम परिस्थितिमा बोनस दर स्थिर राख्न सफल

नेपाल लाइफको बोनस दर सार्वजनिक: विषम परिस्थितिमा बोनस दर स्थिर राख्न सफल

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको...

नेपालले APICTA Awards 2025 मा ऐतिहासिक सफलता : Kataho Digital Address System लाइ दुई विधामा पुरस्कार

नेपालले APICTA Awards 2025 मा ऐतिहासिक सफलता : Kataho Digital Address System लाइ दुई विधामा पुरस्कार

काठमाडाैँ । एशिया–प्रशान्त क्षेत्रको सबैभन्दा प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि...

सिरहमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिरहमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मधेश  । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा बिहिवार...