back
CTIZAN AD

शिक्षण अस्पतालमा ३६ जनाको शव, आधिकारीक पत्र नआउँदा परीक्षणमा ढिलाइ

वि.सं.२०८२ भदौ २७ शुक्रवार

1.4K 

shares

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा शव पहिचानका लागि आधिकारिक पत्र कम आउँदा शव परीक्षणमा ढिलाइ भएको छ । जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको हाल शव परीक्षण कार्य भइरहेको छ ।

विभागका प्रमुख डा गोपाल चौधरीले हालसम्म नौ जनाको आफन्तको पत्र आएको बताए । जसमा तीन जनाको शव परीक्षण गरेर आफन्तको जिम्मा लगाइएको उनले बताए । चौधरीले हाल तीन जना प्रहरी र ३३ जना प्रदर्शनकारीको शव परीक्षणका लागि अस्पताल ल्याइएको जानकारी गराए । उनले भने, “महिला दुई जना र बाँकी पुरुषको शव रहेको छ । शव परीक्षणका लागि भदौ २३ गते नै शव आइपुगे पनि प्रहरीको पत्र आउन ढिलाइ भएकाले शव परीक्षण ढिलो हुन पुगिरहेको छ । पत्रविना हामीले शव परीक्षण सुरु गर्न मिल्दैन । प्रक्रिया पूरा गरेर मात्र परीक्षण गर्नुपर्ने हुन्छ ।”

डा चौधरीले आन्दोलनमा मृत्यु भएकाको हालसम्म डिएनए परीक्षण गर्नुपर्ने अवस्था नरहेको बताउँदै शव चिन्न नसक्ने अवस्थामा भने दाँत परीक्षण, फिङ्गरप्रिन्टबाट शव परीक्षण गरिने बताए । विभागमा हाल ण्छ चिकित्सक र तीन सहयोगीसहित नौ जनाको टिमले सो फरेन्सिक प्रक्रिया हेरिरहेको छ । पाटन अस्पतालमा शवको परीक्षण भइरहेको छ ।

जेनजी प्रदर्शनमा नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार हालसम्म ५१ जनाको मृत्यु भइसकेको जनाएको छ । जसमा तीन जना प्रहरी, २१ जना आन्दोलनकारी, १८ जना अन्य र नौ जना कैदीबन्दी रहेका छन् ।

वि.सं.२०८२ भदौ २७ शुक्रवार १९:१९ मा प्रकाशित

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

काठमाडौँ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा...

भोटेकोशी बाढीबाट वेपत्ता भएका १५८ जनाको शव नवलपुरमा भेटियो 

भोटेकोशी बाढीबाट वेपत्ता भएका १५८ जनाको शव नवलपुरमा भेटियो 

नवलपुर (नवलपरासी) । यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा...

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...