back
CTIZAN AD

उत्तरी गाजामा आक्रमण तीव्र, रुबियो इजरायलमा

वि.सं.२०८२ भदौ ३० सोमवार

699 

shares

जेरुसेलम । अमेरिकी विदेशमन्त्री मार्को रुबियो आइतबार इजरायलमा रहेका बेला इजरायली सेनाले उत्तरी गाजामा आक्रमण तीव्र पा¥यो, धेरै अग्ला भवन ध्वस्त भए र कम्तीमा १३ प्यालेस्टिनीको मृत्यु भयो ।

रुबियोले भ्रमणअघि गाजामा इजरायलको योजना बारेमा प्रत्यक्ष जवाफ खोज्ने बताएको थियो । गत हप्ता कतारमा हमास नेतामाथि भएको इजरायली आक्रमणले द्वन्द्व अन्त्य गर्ने प्रयासलाई थप जटिल बनाएको थियो ।

उनको दुई दिने भ्रमणले बढ्दो पृथक इजरायलप्रति समर्थन प्रकट गर्छ, यद्यपि संयुक्त राष्ट्रसङ्घमा अर्को हप्ता प्यालेस्टिनी राज्य निर्माणबारे विवादास्पद बहस हुने अपेक्षा छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसबारे कडा विरोध जनाएको छ ।

– कतार आक्रमणपछि पनि भ्रमण –

रुबियोको भ्रमण दोहामा भएको इजरायली आक्रमणपछि पनि जारी रहेको छ । आक्रमणलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बनेको थियो । उनले उक्त कारबाहीबारे अमेरिका पूर्वसूचित नभएको बताएको थियो ।

आइतबार नेतान्याहु, रुबियो र उनीहरूका पत्नीहरू, साथै अमेरिकी राजदूत माइक हुकाबी दम्पतीले पश्चिमी पर्खाल र नजिकै उत्खनन गरिएका सुरुङहरू अवलोकन गरे । नेतान्याहुले भने, “रुबियोको भ्रमण इजरायल–अमेरिकी गठबन्धनको स्थायित्व र बलको प्रमाण हो, यो ढुङ्गाजस्तै मजबुत छ ।”

शुक्रबार रुबियो र ट्रम्पले कतारका प्रधानमन्त्रीसँग भेटेर आक्रमणका प्रभावबारे छलफल गरेको थियो । इजरायल र कतारसँगको ती भेटहरूले ट्रम्प प्रशासनले कसरी प्रमुख सहयोगीहरूबीच सन्तुलन खोजिरहेको छ भन्ने देखाउँछ ।

कतारमा भएको आक्रमणले कम्तीमा छ जनको मृत्यु भएको थियो र संयुक्त राष्ट्रसङ्घीय महासभाको आगामी सत्रअघि युद्धविराम तथा बन्धक मुक्त गर्ने प्रयासहरूलाई पनि धक्का दिएको छ ।

यसैबीच, कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले आइतबार अरब र मुस्लिम मुलुकका विदेशमन्त्रीहरूसँग भेटेर इजरायलको निन्दा गरे । उनले भने, “कतार इजिप्ट र अमेरिकासँग युद्धविराममा प्रतिबद्ध छ, तर इजरायलको हवाई आक्रमण ‘मध्यस्थताको सिद्धान्तमाथि प्रहार’ हो ।”

– गाजामा घातक आक्रमण –

स्थानीय अस्पतालहरूका अनुसार आइतबार गाजाभरि भएको इजरायली आक्रमणमा कम्तीमा १३ जना मारिए र दर्जनौँ घाइते भए । देइर अल–बलाहमा भएको एउटा आक्रमणमा एउटै परिवारका छ सदस्य मारिए । मारिनेमा दुई आमाबाबु, तीन सन्तान र एक काकी रहेका थिए ।

इजरायली सेनाले तत्काल प्रतिक्रिया दिएको छैन । तर एपी भिडियोले आकाशमा धुवाँ उडिरहेको र गाजा सहरबाट हजारौँ मानिस सामानसहित भागिरहेको देखाएको छ । सेनाले बासिन्दालाई सहर खाली गर्न चेतावनी दिइरहेको छ ।

इजरायलले तीन अग्ला भवन ध्वस्त पारेको छ । गाजाको इस्लामिक युनिभर्सिटीको एउटा भवन दुईपटक प्रहारपछि भत्काइएको छ । अल–सिफा अस्पतालमा हताहत भएको रिपोर्ट छ, तर विवरण अज्ञात छ ।

सेनाले हमासले ती भवनहरूलाई निगरानी केन्द्रका रूपमा प्रयोग गरिरहेको दाबी गरेको छ । तर सेनाले प्रमाण प्रस्तुत गरेको छैन ।

“यो नरसंहारको एक हिस्सा हो”, गाजा सहरका बासिन्दा अबेद इस्माइलले भने, “तिनीहरू सहरलाई भग्नावशेष बनाउँदै छन् र हामीलाई अर्को ‘नाकबा’ तिर धकेल्दै छन् ।”

– भोकमरी चर्किँदै –

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुपोषण र भोकमरीका कारण दुई वयस्कको मृत्यु भएको छ । जुनदेखि हालसम्म दुई सय ७७ वयस्क र युद्ध सुरु भएदेखि एक सय ४५ बालबालिकाले कुपोषणका कारण ज्यान गुमाएका छन् ।

इजरायली निकायले गत हप्तामा एक हजार दुई सयभन्दा बढी सहायता ट्रक गाजामा प्रवेश गरेको दाबी गरेको छ । तर सहायता संस्थाहरू यो ठूलो आवश्यकताका लागि पर्याप्त नभएको उल्लेख गर्दै धेरै सहायता गन्तव्यमा पुग्नुअघि नै लुटिने गरेको बताएका छन् ।

अन्तर्राष्ट्रिय टोलीहरूले गाजासम्मको पानी लाइनमध्ये एकलाई मर्मत गरी आपूर्ति बढाएको इजरायलले जनाएको छ । तर पानी अझै अभावमै छ र मानिसहरू दुई–तीन दिनमा आउने ट्रकहरू पछ्याएर बोतल र भाँडामा भरेर लैजान बाध्य छन् ।

– युद्धको पृष्ठभूमि –

सन् २०२३ अक्टोबर ७ मा हमास लडाकुहरूले दक्षिणी इजरायलमा आक्रमण गरी एक हजार दुई सय जनाको हत्या र दुई सय ५१ जनाको अपहरण गरेसँगै गाजामा युद्ध सुरु भएको थियो । अझै ४८ जना बन्धक गाजामा छन्, जसमा २० जना जीवित रहेको इजरायलको विश्वास छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको प्रत्याक्रमणले हालसम्म कम्तीमा ६४ हजार आठ सय ७१ प्यालेस्टिनीको ज्यान गएको छ । यसमा नागरिक र लडाकू कति छन् भनेर भने छुट्याइएको छैन । रासस

 

वि.सं.२०८२ भदौ ३० सोमवार १५:१० मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

वित्तीय अवस्थामा उल्लेख्य सुधार: एमएडब्लूको रेटिङ्ग LBBB-/A3 मा उक्लियो

वित्तीय अवस्थामा उल्लेख्य सुधार: एमएडब्लूको रेटिङ्ग LBBB-/A3 मा उक्लियो

काठमाडौं । ICRA नेपाल लिमिटेडले एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड...

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर...