back

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

वि.सं.२०८२ असोज २ बिहीवार

399 

shares

बैतडी । पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान पहिरो खसेको हो ।

पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्घ भएको प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । सडकमाथिबाट खसेको पहिराले राजमार्ग ठप्प छ । राजमार्ग अवरुद्घ हुँदा दार्चुलाका लागि छुटेका गाडी र दार्चुलाबाट छुटेका गाडीहरु अहिले बीचबाटोमै रोकिएका छन् ।

राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक रायले बताए । यसअघि मङ्गलबार पनि पहिरोका कारण उक्त राजमार्ग अवरुद्ध भएको थियो ।

वि.सं.२०८२ असोज २ बिहीवार १०:२० मा प्रकाशित

जेनजी प्रदर्शन : शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति

जेनजी प्रदर्शन : शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति

कञ्चनपुर । जेनजी प्रदर्शनका क्रममा शुक्लाफाँटा नगरपालिकाले पनि आर्थिक क्षति...

एक लाख घुससहित पालिकाका लेखा प्रमुख पक्राउ

एक लाख घुससहित पालिकाका लेखा प्रमुख पक्राउ

दैलेख । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले दैलेखको...

राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता

राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता

दोधारा चाँदनी (कञ्चनपुर) । दसैँको समयमा सामाजिक सुरक्षा भत्ता नपाउँदा...

जङ्गली हात्ती गाउँपसेपछि रातभर जाग्राम

जङ्गली हात्ती गाउँपसेपछि रातभर जाग्राम

दोधारा चाँदनी (कञ्चनपुर) । रातिका समयमा हात्तीको बथान बस्तीमा पस्न...

संविधानको मर्म र भावनाबमोजिम अघि बढ्नुपर्छः मुख्यमन्त्री शाह

संविधानको मर्म र भावनाबमोजिम अघि बढ्नुपर्छः मुख्यमन्त्री शाह

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानको भावना र...

‘नेपालको संविधान नेपाली जनताको सङ्घर्ष र बलिदानको प्रतिफल’

‘नेपालको संविधान नेपाली जनताको सङ्घर्ष र बलिदानको प्रतिफल’

अत्तरिया (कैलाली) । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधान...