back
CTIZAN AD

संविधानको मर्म र भावनाबमोजिम अघि बढ्नुपर्छः मुख्यमन्त्री शाह

वि.सं.२०८२ असोज ३ शुक्रवार

1.2K 

shares

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानको भावना र मर्मलाई कागजमा सीमित नराखी सही कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।

आज धनगढीमा आयोजित संविधान दिवस समारोहमा उनले संविधानको सही कार्यान्वयन गरेर नेपालीको भविष्यको खाका तयार गर्नुपर्ने उल्लेख गरे ।

‘जेनजी’ आन्दोलनका क्रममा पुगेको धनजनको क्षतिले गहिरो चोट र पीडा महसुस भएको भन्दै मुख्यमन्त्रीले शाहले अब ‘जेनजी’को भावनाबमोजिम सुशासनयुक्त, भ्रष्टाचारमुक्त समाज निर्माण, शान्ति, स्थिरता र विकासलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले प्रदेश सरकार प्रदर्शनका क्रममा शहादत दिएका व्यक्तिका परिवार र घाइतेसँगै उभिएको बताए ।

सभामुख भीमबहादुर भण्डारीले जेनजी आन्दोलनमा शहादत प्राप्त गर्नेहरूको भावनाको कदर गर्दै नयाँ नेपाल निर्माणमा देखिएका समस्याको समीक्षा गरेर अघि बढ्न आग्रह गरे ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले अब शान्ति, समृद्धि र पुनःनिर्माणका लागि एकजुट भएर लाग्न सबैलाई आह्वान गरे ।

वि.सं.२०८२ असोज ३ शुक्रवार १७:२४ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...