back
CTIZAN AD

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

वि.सं.२०८३ असार ३० मंगलवार

354 

shares

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै टुरिस्ट गाइड एसोसिएसन अफ नेपालको ३३औँ साधारणसभा सम्पन्न भएको छ ।
पन्ध्र सदस्यीय समितिमा निवर्तमान अध्यक्ष थानेश्वर देवकोटा, वरिष्ठ उपाध्यक्ष टङ्कप्रसाद दुवाडी, प्रथम उपाध्यक्ष राजेन्द्रराज बज्राचार्य र द्वितीय उपाध्यक्ष रघुनाथ प्रधान निर्विरोध निर्वाचित भएका छन् भने महासचिव, सचिव र कोषाध्यक्षमा मात्र मैत्रीपूर्ण प्रतिस्पर्धा भएको थियो ।

प्रतिस्पर्धा भएका पदमध्ये महासचिवमा सुविन सितिखु, सचिवमा रविन भैनात्व तथा कोषाध्यक्षमा चन केशरी कोजु विजयी भएका छन् । सदस्यहरू भने सबै निर्विरोध निर्वाचित भएका हुन् । त्यसरी निर्वाचित हुने सदस्यहरूमा क्रमशः लक्ष्मी गिरी, सृजना सुवेदी, रामेश्वर सिंखडा, ऋषिराज उपाध्याय, हरिकृष्ण सिलवाल, सुमन महर्जन र रविदास दोङ रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले आफ्नो बुताले भ्याएसम्म विगतमा झैँ आगामी दिनमा पनि टुर्गानसँग सहकार्य गर्ने वाचा गरे । कतिपय गाइडहरूको अनुमतिपत्रबारे आफूहरूलाई सिकायत आएको भन्दै यस्ता विषयमा टुर्गानले आफूहरूसँग सहकार्य गरी समस्या निराकरण गर्न श्रेष्ठले आग्रह गरे । उनले नेपालमा पर्यटन प्रवर्धन गर्न आफ्नो मन्त्रालय जोकोहीसँग हातेमालो गर्न उत्सुक रहेको अवगत गराए ।

अध्यक्ष थानेश्वर देवकोटाले आफ्नो कार्यकालमा जेजति राम्रा काम भए त्यो सामूहिक प्रयत्नले भएको र केही कमीकमजोरी भएको भए त्यसको पूरै अपजस बेहोर्न आफू राजी रहेको बताए । सन्तुलित रुपमा आफ्नो लिखित मन्तव्य राखेका देवकोटाले टुर्गान उन्नयनको आगामी यात्रामा पनि आफू उत्तिकै दत्तचित्त भएर समर्पित हुने उद्घोष गरे ।

आमन्त्रित अतिथिहरूमध्ये समुद्घाटन समारोहमा नेपाल पर्वतारोहण सङ्घ(एनएमए)का अध्यक्ष फुर ग्याल्जेन शेर्पा, नाट्टाका अध्यक्ष कुमारमणि थपलिया, टानका अध्यक्ष सागर पाण्डे, इस्टोनियाका अवैतनिक वाणिज्यदूत नवराज दाहाल र काठमाडौं उपत्यका पर्यटन कार्यालय प्रमुख पवन पोखरेल उपस्थित थिए ।

अतिथिहरूमध्येबाट टुर्गानका पूर्व अध्यक्ष नरेन्द्रदेव भट्ट, नाट्टाका अध्यक्ष कुमारमणि थपलिया, टानका अध्यक्ष सागर पाण्डे र काठमाडौँ उपत्यका पर्यटन कार्यालय प्रमुख पवन पोखरेलले कार्यक्रम सफलताको शुभकामना मन्तव्य दिएका थिए भने लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएर आएको नयाँ कार्यसमितिसँग सहकार्य गर्न आफूहरू लालायित हुने उनीहरूको साझा प्रतिबद्धता थियो ।

उक्त समारोहमा पूर्व–अध्यक्ष नरेन्द्रदेव भट्ट, सविता खनाल, थानेश्वर देवकोटा, बद्री नेपाल, कुमुद अधिकारी, माधवराज श्रेष्ठ, कुमुद अधिकारी, सूर्यदीप प्रकाश श्रेष्ठ, कुशेश्वरप्रसाद जोशी र युवराज पण्डितलाई टुर्गान उन्नयनमा उनीहरूले दिएको विशेष योगदानको कदर स्वरूप सम्मानित गरिएको थियो ।

वि.सं.२०८३ असार ३० मंगलवार १२:२२ मा प्रकाशित

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको...