back
CTIZAN AD

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

वि.सं.२०८३ असार ३० मंगलवार

186 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रणमा ध्यान दिई जनताको जीउधनको रक्षा गर्न सरकारसँग माग गरे ।

सांसद करिश्मा कठरियाले डोटीको सायाल गाउँपालिकामा पहिरोका कारण जनजीवन अस्तव्यवस्थत भएको तथा उद्धारकार्य जारी रहे पनि प्रकोपको जोखिम उच्च रहेको उल्लेख गर्दै प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकषर्ण गरे ।

सांसद प्रेमबहादुर बयकले विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि अनुरोध गर्दै अविरल वर्षाका कारण कालीकोट, जाजरकोट, कैलालीलगायतका जिल्ला बढी प्रभावित भएकाले पीडित पक्षलाई राहतको व्यवस्था गर्न माग गरे ।

सांसद ऐनबहादुर महरले प्राकृतिक प्रकोपद्वारा उत्पन्न हुने विपद् जोखिम न्यूनीकरणका पक्षमा सरकारले ल्याएको भनिएको कार्ययोजना प्रस्तुत गर्न माग गरे ।

सांसद प्रमिलाकुमारी गच्छदारले कीर्तिपुरको ‘होल्डिङ सेन्टर’मा बसेका सुकुमवासीको व्यवस्थापन गर्न माग राखे । साथै, उनले प्रहरीद्वारा कुटपिट गरिएको माजिद अन्सारीको न्यायका लागि राज्यले जिम्मेवारी पूरा गर्नुपर्ने धारणा राखे ।

त्यस्तै, सांसद गङ्गादेवी श्रेष्ठले विद्युत् अवरोधबाट जनताले भोगेका समस्या उजागर गर्दै विद्युत् अभावबाट पीडित जनताका पक्षमा कार्यक्रम ल्याउन अनुरोध गरे ।

सांसद शम्भुप्रसाद यादवले स्थानीय तहमा मापदण्डविपरीत खनेर अलपत्र छोडिएका सडकका खाल्डाखुल्डीले विपद् निम्त्याएको बताए । उनले सिराहामा तीन बालबालिका यस्तै सडकको खाल्डाखुल्डीमा भरिएको पानीमा डुबेर मृत्यु भएको घटनाप्रति सरकारको ध्यानार्कषण गराए ।

सांसद श्रीराम न्यौपानेले देशको तीव्र विकासका लागि आगामी आर्थिक वर्षमा ३२० कार्यदिन र चौबिसै घन्टा बहुसिफ्टको व्यवस्था गर्न सरकारसँग अनुरोध गरे ।

सांसद निनुकुमारी कर्णले मधेसी भएकै कारणले अभिनेत्री काजल कर्णमाथि विभेद भएको उल्लेख गर्दै त्यस घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरे ।

वि.सं.२०८३ असार ३० मंगलवार १४:३२ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...