back

‘नेपालको संविधान नेपाली जनताको सङ्घर्ष र बलिदानको प्रतिफल’

वि.सं.२०८२ असोज ३ शुक्रवार

315 

shares

अत्तरिया (कैलाली) । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधान नेपाली जनताको सङ्घर्ष र बलिदानको प्रतिफल भएको बताएका छन् ।

‘संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८२’ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन् , “नेपाली जनताले पटकपटक गर्दै आएका सङ्घर्ष र बलिदानको प्रतिफलस्वरुप ऐतिहासिक संविधानसभामार्फत २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरुप आज हामी संविधान दिवस मनाइरहेका छौँ ।”

त्यस्तै, उनले यस ऐतिहासिक दिवसले यस प्रदेशमा पनि दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

“यस अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात तथा अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ, “यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।”

वि.सं.२०८२ असोज ३ शुक्रवार ११:४० मा प्रकाशित

जेनजी प्रदर्शन : शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति

जेनजी प्रदर्शन : शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति

कञ्चनपुर । जेनजी प्रदर्शनका क्रममा शुक्लाफाँटा नगरपालिकाले पनि आर्थिक क्षति...

एक लाख घुससहित पालिकाका लेखा प्रमुख पक्राउ

एक लाख घुससहित पालिकाका लेखा प्रमुख पक्राउ

दैलेख । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले दैलेखको...

राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता

राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता

दोधारा चाँदनी (कञ्चनपुर) । दसैँको समयमा सामाजिक सुरक्षा भत्ता नपाउँदा...

जङ्गली हात्ती गाउँपसेपछि रातभर जाग्राम

जङ्गली हात्ती गाउँपसेपछि रातभर जाग्राम

दोधारा चाँदनी (कञ्चनपुर) । रातिका समयमा हात्तीको बथान बस्तीमा पस्न...

संविधानको मर्म र भावनाबमोजिम अघि बढ्नुपर्छः मुख्यमन्त्री शाह

संविधानको मर्म र भावनाबमोजिम अघि बढ्नुपर्छः मुख्यमन्त्री शाह

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानको भावना र...

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी । पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ ।...