मानिस एउटा सामाजिक प्राणी हो । समाज विना मानिसको घर परिवार, उद्योग, व्यवसाय, विवाह, नाता, कुटुम्व, शिक्षा, दीक्षा, स्वस्थ्य, गॉस, बास, कपास, रोजगारी, उत्रति, शक्ति सम्बन्ध निरन्तार चल्न सक्दैन । एउटै समाजमा रहने, खेल्ने, चल्ने र उद्योग तथा व्यवसाय गर्ने कसैको काम राम्रैसँग चलेको हुन्छ, दिनप्रतिदिन प्रगति भइरहेकै हुन्छ भने कसैको अवस्था नाजुक रहेको सुनिन्छ र देखिन्छ । यसको मुख्य कारण भनेकै उसको वाउनको संगत कोसँग र कस्तो व्यक्तिसँग छ भत्रे कुराले ठूलो अर्थ राख्दछ । राम्रो मानिससँग संगत गरे राम्रै नतिजा आउने देखिन्छ भने खराब मानिससँग संगत गरे जीवनमा दुःख पाइन्छ । भनिन्छ गिद्धको संगत गर्ने रछ्यानमा पुग्छ भने मौरीको संगत गर्ने फूलै फुलको सुन्दर बगैंचामा । विचार बीउ हुन् र व्यवहार फल हो । जसरी सोचिन्छ र संगत अनुसार कार्य गरिन्छ त्यस्तै जीवन बन्छ ।
कसको संगत गर्ने?
१.ज्ञानी र सकारात्मक सोच भएका व्यक्तिहरु : ज्ञानी र सकारात्मक सोंच भएका व्यक्तिहरु समाजका अमूल्य नीधि हुन् । यस्ता व्यक्तिहरुको संगतले हामीलाई सिक्न, पे्ररित हुन र उन्नति गर्न मद्दत गर्दछ । यीनीहरुले प्रायः धोका दिदैनन् । हरपल सहयोगी र शुभेच्छा व्यक्त गर्दछन् जसले हामीलाई कार्य सफल गर्न सकारात्मक उर्जा मिल्दछ ।
२.सदाचारी र इमानदार मानिसहरुः सदाचार र इमानदारीता मानव जीवनका महत्वपूर्ण चरित्र हुन् । यस्ता चरित्र भएका व्यक्तिहरुको संगतले हामीलाई पनि उक्तपथमा हिड्न अभिप्रेरित गर्छ । उनीहरुको आचारणले हामीलाई पनिनैतिकता र जिम्मेवारी सिकाउ‘छ ।
३.उत्साहित गर्ने साथीहरुः हरेक मानिसका लागि काम गर्ने उत्साह धेरै महत्वपूर्ण उर्जा हो । यस्ता उत्साहित साथीहरुले हामीलाई अझ राम्रो बन्न प्रोत्साहित गर्छन् र नकारात्मकतालाई टाढा राख्छन् ।
४.आफ्नो लक्ष अनुसारका व्यक्तिहरुः कुनै पनिकाम सफल हुनको लागि लक्ष निर्धारण गर्नुपर्ने हुन्छ । संगत गर्दा जोसँग लक्ष मिल्दछ उसैसँग नजिक हुन सके आफ्नो कार्य सफल हुन्छ । यदि हामीले उद्योग तथा व्यापार गर्न चाहन्छौं भने व्यवसायीहरुसँग र शिक्षा चाहिन्छ भने विद्वान्हरुसँग संगत गर्नुपर्छ ।
कसको संगत नगर्ने ?
नकारात्मक सोंच भएका व्यक्तिहरु : हामीले जीवनमा नकारात्मक सोंच भएका व्यक्तिहरुसँग कहिल्यै पनि संगत नगर्नु नै वेश हुन्छ । जसले हतोत्साहित गर्छन् र समस्यामा मात्र ध्यान दिन्छन् । जसले समाधानका उपाय दिदैनन् भने कसरी हाम्रो तरक्की हुन सक्छ र ? खराब संगत कोइला जस्तै हुन्छ । तातो भए हात पोल्छ भने चिसो भए हात कालो हुन्छ ।
अनैतिक कार्य गर्नेहरु : अनैतिक कार्यहरु समाजका मूल्य मान्यता भन्दा बाहिरका खराब कुरा हुन् । जो हाम्रो लागि घातक हुन सक्छ । यस्तो संगतले दीर्घकालमा नराम्रो परिणाम दिन सक्छ । जस्तै कूलत्, ठगी, चोरी, यौन धन्दा आदि अनैतिककार्य हुन् ।
अल्सी र उद्देश्यविहीन मानिसहरुः अल्सी र उद्देश्यहीन मानिसले समाजमा प्रगति गर्न सक्दैनन् । कुनै पनि कार्य सफल हुनका लागि अटुट जोश, जागर र उद्देश्य स्पष्ट हुन जरुरी हुन्छ । तर यस्ता अल्सी र उद्देश्यहीन मानिसको संगतले हामीलाई पनि नकारात्मक प्रभाव पर्न सक्छ ।
निष्कर्ष
हामी सबैलाई थाहा भएकै कुरा हो कि “जस्तो संगत ग¥यो त्यस्तै फल” प्राप्त हुन्छ । साधु, सन्त र विद्वान्को संगत गरे ज्ञानी, दार्शनिक, उद्यमी र दक्ष तथा सफल व्यक्ति बत्र सकिन्छ । मूर्ख र अज्ञानीहरुको संगतले मानिसलाई जीवनमा असफल र सम्मानहीन व्यक्तिको श्रेणीमा पु¥याउ‘छ । त्यसैले मानव जीवनमा असल संगतको ठूलो महत्व छ । अस्तु ।
वि.सं.२०८२ असोज ५ आइतवार १०:५७ मा प्रकाशित


























