back
CTIZAN AD

पुष्पपराग साहित्य प्रतिष्ठानद्धारा पुरस्कार तथा सम्मानको घोषणा

वि.सं.२०८२ चैत २ सोमवार

747 

shares

काठमाडौँ । पुष्पपराग साहित्य प्रतिष्ठान भक्तपुरले ११औँ वार्षिक उत्सवका अवसरमा विभिन्न पुरस्कार तथा सम्मानको घोषणा गरेको छ।

प्रतिष्ठानका अध्यक्ष टीएन भट्ट विश्वामित्रको अध्यक्षतामा फागुन ३० गते सम्पन्न प्रतिष्ठान कार्यसमितिको बैठकले पुरस्कार छनोट समितिको सिफारिस अनुमोदन गर्दै विभिन्न पुरस्कार तथा सम्मानको घोषणा गरेको हो ।

प्रतिष्ठानल आफ्नो ११औँ बार्षिकोत्सबको अवसरमा २०८२ चैत्र २८ गते शनिबार कौटिल्य ग्लोबल स्कुल सुबिधानगरमा कार्यक्रमको आयोजनागरी स्रष्टाहरूलाई पुरस्कार तथा सम्मान समर्पण गर्ने सचिव मनिष शर्माले जानकारी दिए ।

प्रतिष्ठानले यस वर्ष पनि नेपाली साहित्य, कविता, गीत–सङ्गीत र लोकसाहित्यमा योगदान पुर्याउने साहित्यकार र स्रष्टाहरुलाई सम्मानित गर्दै साहित्यिक गतिविधिहरुको प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ।

प्रतिष्ठानले निम्न अनुसारका स्रष्टाहरू पुरस्कार तथा सम्मान समर्पणगर्ने निर्णय गरेको छ ।

१. पुष्पपराग वर्ष सम्मान पुरस्कार – हरिभक्त सिग्देल महेश

२. पुष्पपराग निलगङ्गा भाषा साहित्य पुरस्कार – चन्द्रप्रसाद न्यौपाने

३. पुष्पपराग कृष्णलाल गोपिनी शिवाकोटी स्मृती बहु प्रतिभा पुरस्कार – प्रेम राई परिक्षित

४. पुष्पपराग पद्मावती गीत सङ्गीत पुरस्कार – सुवासचन्द्र ढुङ्गेल

५. पुष्पपराग वि. के. स्मृति पुरस्कार – किरण आचार्य पौडेल

६. पुष्पपराग बालकुमारी छन्द पुरस्कार – विद्या अनामिका तिवारी

७. पुष्पपराग शुक्रमन्दिर लोक साहित्य पुरस्कार – अर्जुन चैनपुरे

८. पुष्पपराग सफलता स्मृति पुरस्कार – निर्मला बराल

९. पुष्पपराग चेवनचन्द्र गद्य कविता पुरस्कार – भुवन शिवाकोटी चौघरे

१०. पुष्पपराग लेखनाथ–खगेन्द्र स्मृती पुरस्कार – राममणि ढुङ्गेल

११.पुष्पपराग अक्सिजन कवि धनकुटे वालकृष्ण लक्ष्मी अधिकारी स्रष्टा सम्मान – रमेश पोखरेल

१२. पुष्पपराग युवा सम्मान – हरिप्रसाद पौडेल स्वर्णशिखा

१३. पुष्पपराग मानार्थ सम्मान – हरिमन्जुश्री

 

वि.सं.२०८२ चैत २ सोमवार १४:०३ मा प्रकाशित

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...